काठमाडौँ, ३० पुस : पहाडी क्षेत्रमा मात्रै माग हुने गरेकामा अहिले तराईमा समेत झोलुङ्गे पुलको माग हुन थालेको छ । तराईमा झोलुङ्गे पुलको निर्माण योजनामा पर्न थालेका सस्पेन्सन ब्रिज डिभिजनले जानकारी दिएको छ । तत्काल गाडी गुड्ने पुल नबन्ने ठाउँमा झोलुङ्गे निर्माण हुने विभागका इञ्जिनीयर हुमाकान्त मिश्रले बताउनुभयो ।
कतिपय ठूला खोला र वर्षामा मात्रै बग्ने खहरेमा पुलको माग भइरहेको मिश्रले बताउनुभयो । पहाडका तुलनामा तराईमा झोलुङ्गे पुल निर्माण महङ्गो पर्ने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “त्यसैले पनि बढी आवश्यक ठाउँमा पुल निर्माण गर्नैपर्छ, कम आवश्यक ठाउँलाई कम प्राथमिकता दिनुपर्छ ।” विभागले चालू आर्थिक वर्षमा १०० पुल निर्माण सम्पन्न गर्ने योजना बनाएको छ ।
–––