चितवन। चितवनको पुरानो क्याम्पसको रुपमा चिनिएको रत्ननगर ३ स्थित शहिद स्मृती वहुमुखी क्याम्पसमा निर्माण गर्न लागिएको भवनको सिलान्यास गरिएको छ ।
शुक्रवार एक समारोहका बीच त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्राध्यापक डाक्टर तीर्थ खनियाले भवनको सिलान्यास गरेका हुन् । सो अवसरमा उपकुलपति खनियाँले शहिद स्मृती क्याम्पस विश्व विद्यालयको संभावना रहेको उल्लेख गर्दै गुणस्तरीयतामा ध्यान दिन सुझाव दिए ।
उच्च शिक्षा सुधार परियोजनाका संयोजक शंकर भण्डारीले शिक्षाको गुणस्तर र व्यवस्थापनमा क्याम्पसहरुले ध्यान दिनु पर्ने वताए । क्याम्पस संचालन समितिका अध्यक्ष भरत प्रसाद खनालले ४ करोड ७ लाखको लागतमा ८ कोठे भवन निर्माण गर्न लागिएको जानकारी दिए ।
विश्व विद्यालय अनुदान आयोगबाट प्राप्त भएको रकमले भवन निर्माण गर्न लागिएको उनले वताए । सोही क्याम्पसलाई प्रदेश सरकारबाट भवन निर्माणका लागि २५ लाख रुपैया वजेट परेको छ । सिलान्यास समारोहका क्याम्पस प्रमुख राधा वालिका,रत्ननगर ३ का वडाध्यक्ष गुप्तनाथ भट्टराई,क्याम्पसका उपाध्यक्षहरु इश्वरी अर्याल,द्रोण प्रसाद लामिछाने लगायतको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस !