चितवन  । ३ नं. प्रदेशका भूमि, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले आधुनिक यन्त्रको प्रयोग गरी सामुहिक खेतीबाट मात्रै कृषिबाट समृद्धि हासिल गर्न सकिने बताउनु भएको छ । समृद्धिको यात्रामा लागेको यस सरकारले कृषिलाई उत्पादनमा जोड्नका लागि यो प्रकृया आगाडि ल्याइसकेको जानकारी दिनु भयो ।
आजबाट चितवनको भरतपुरमा कृषिसंग सम्वन्धी अन्र्तराष्ट्रिय प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै उहाले सामुहिक खेतीको थालनी ३ नं. प्रदेशबाट शुरु भएको बताउनु भयो । ‘विकसित देशहरुले प्रविधिको अधिकतम उपयोग गर्दै चक्लावन्दी खेती गरेका छन् त्यहीबाट आम्दानी गर्न सफल भए’ उहाले भन्नु भयो ‘हामीले पनि त्यही अनुसरण नगरे समृद्धि हासिल गर्न कठिन छ ।’
सामुहिक खेतीको शुरुवात प्रदेश नं. ३ को सिन्धुलीको दुधौलीबाट भएको छ । यसको म आफैले उद्घाटन गरेको छु लामाले भन्नु भयो । सहर उन्मुख क्षेत्रमा त्यहाँको आवश्यकता के छ त्यही क्षेत्रको विकास गर्नु पर्दछ । सहर नभएको स्थानमा खेती गर्नको लागि प्रसस्त जग्गा भएकाले त्यही जग्गाको अधिकतम प्रयोग गर्नु पर्नेमा उहाले जोड दिनु भयो । निजी, सहकारी र सरकारी क्षेत्रबाट अब सामुहिक चक्लावन्दी खेती अभियान शुरु गर्न लागेको बताउनु भयो
कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय महासंघका अध्यक्ष खेम पाठकले चक्लावन्दी खेती पूर्वबाट सुरु भएको जानकारी दिनु भयो । ‘कृषिबाट समृद्धि हासिल गर्नको लागि चक्लावन्दी खेती नै विकल्प हो, झापाको दुइ स्थानमा एकसय ५० विगहा क्षेत्रफलमा यस्तो खेती शुरु भएको छ ’ उहाले भन्नु भयो ‘यन्त्रको प्रयोग गरी थोरै लगानीमा धेरै आम्दानी गर्नको लागि चक्लाबन्दी खेती नै अहिलेको आवश्यकता हो ।’
त्यस्तै गरी प्रदेश नं. २, र ४ मा पनि शुरुवात भएका छ । कृषकले कृषि क्षेत्रमा नै लगानी गरेर आगाडि वढेमा त्यसको विकास हुनेमा उहाले जोड दिनु भयो । पाठकका अनुसार कृषि सहकारीमा आवद्ध भएका १० हजार सस्थाका १० लाख किसानले कृषि क्षेत्रमा नै उत्पादनको क्षेत्रमा ४५ अर्ब रुपैयाँ लगानी गरेको जानकारी दिनु भयो । नपढेका व्यक्तिमात्रै कृषिमा लाग्नु पर्दछ पढेकाले गर्न हुदैन भन्ने सोचाइ त्यागेर काम गर्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा नेकपाका नेता यमवहादुर परियार, नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशी, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, चितवन उद्योग संघका अध्यक्ष भेषराज दवाडीलगायतले कृषिलाई उत्पादनसंग जोड्नु पर्ने बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !