
रामचन्द्र न्यौपाने
डोल्पा । डोल्पामा गाउँपालिकाका उपाध्यक्षनै बौद्ध मुर्ति तस्करीमा संलग्नता रहेको पाइएको छ । उपल्लो डोल्पाको डोल्पोबुद्ध गाँउपालिकाका उपाध्यक्ष मलामटसी गुरुङ् प्राचिन बौद्ध मुर्ति तस्करीमा संलग्नता रहेको पाइएको हो ।
शे–फोक्सुण्डो गाँउपालिका ४ को राहाप गुम्बाबाट आठ बर्ष अघि प्राचिन बौद्ध मुर्ति र स्तुपाहरु तस्करीमा रहेको प्रहरी अनुसन्धानबाट खुलेपनि फरार रहेकाले खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
गुम्बाबाट हराएका ३८ थान बुद्धका मुर्ति र स्तुपाहरु चोरीमा उपाध्यक्ष गुरुङ्नै मुख्य नाइके भएको जिप्रका डोल्पाका प्रहरी नायब उपरिक्षक अभदेश बिष्टले बताउनुभयो ।
स्थानीयतहको निर्वाचनमा उपाध्यक्षमा निर्वाचित हुनुअघि देखिनै मुख्य योजनाकारको रुपमा गुरुङ्ले मुर्ति तस्करी गर्दै आएको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।
केही दिन अघि मुर्ति चोरीमा संलग्नलाई प्रहरीले एकपछि अर्को गर्दै पक्राउगर्न थालेपछि पक्राउपर्ने डरले गुरुङ नेपाल छाडेर भारतमा लुकेर बसेको प्रहरीले जानकारी दिएको छ ।
यसअघि मुर्ति चोरीमा संलग्न ४ जनालाई काठमान्डौबाट प्रक्राउ गरिएको थियो ।पक्राउ परेका चारजना मध्ये तीन जना ९ माघमा जेल चलान भएकाछन् । शे–फोक्सुण्डो गाँउपालिका ४ का ४१ बर्षिय उर्केन पासाङ,सोहि गाँउपालिका १ का ४१ बर्षिय झयाम्पा छुल्डीम लामा,वडा नं ४ का पासाँङलुण्डुप गूरुङ र्पुपक्षका लागि जेल चलान भएकाछन् ।
दुई अध्यक्ष धरौटीमा रिहा मुर्तिमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुइ अध्यक्ष भने धरौटीम रिहा भएकाछन् । डोल्पोबुद्ध गाँउपालिका ५ का वडा अध्यक्ष कार्मा गूरुङ्ग र सोहि गाँउपालिका ३ का छिरिङ धावा गूरुङ भने जनही पचास हजार रुपैया धरौटि सहित ९ माघमा रिहा भएका छन ।