चितवन । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारले समाचार स्रोतको संरक्षण र आचारसंहिता पालनमा ध्यान दिनु पर्ने बताएका छन् । प्रेस काउन्सिल नेपालले भरतपुरमा सोमबार आयोजना गरेको पत्रकार आचार संहिता जागरण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष आचार्यले पत्रकारले समाचार लेख्दा स्वतन्त्र ढंगले अचारसंहिता पालना गरि स्रोतको पनि संरक्षण गर्नु पर्ने बताए ।
साथै उहाँले राज्यमा जुनसुकै व्यवस्था भएपनि पत्रकारलाई स्वतन्त्र पूर्वक लेख्न पाउने अधिकार सुनिश्चित गर्नु पर्ने बताए ।
पत्रकारलाई लेखेको भरमा दण्डा लगाउने प्रवृतिका कानुन निर्माण गर्न लागेको भन्दै आपत्ती समेत जनाउदैँ अध्यक्ष आचार्यले । समाचार लेखेको भरमा सजाय पाउने दण्डित हुनु पर्ने अवस्था आउन नहुनेमा जोड दिए ।
उनले भने ‘पत्रकार महासंघको पहिलो आवाज लेख्न पाउने रहेको छ, लेख्न पाउने अधिकार कुनै पनि नाममा हनन् गर्न हुदैन’ ‘ निर्धक्कसंग लेख्न सक्ने वातावरण गर्नु पर्दछ, पत्रकारलाई दण्डा लगाएर तह लगाउछु भन्ने सरकारले सोच्न हुदैन ।’ पत्रकार आफैले आचार संहिता बनाएका छन् त्यही अनुसार काम गर्दछन् ।” स्वतन्त्र पूर्वक लेख्ने वातावरण भएमा मात्र समाज सुसुचित हुन पाउने उनको भनाइछ ।
पत्रकार महासंघले आफैले आचार संहिता बनाएको भन्दै त्यही अनुसार काम भइराखेको बबताए ।
साथै अध्यक्ष आचार्यले पत्रकार आफैँ न्यायधिस बन्न नहुने बताए । निर्मला पन्त हत्या प्रकरणमा कतिपय मिडियाले आफै प्रहरी र आफै न्यायाधीश बन्न खोजेर समस्या भएको उनको ठहर छ ।
पत्रकारिताको धर्म नागरिकलाई सत्य तथ्य जानकारी दिनु नै हो तर, पनि मिडियाले निर्मला पन्त प्रकरणमा आफैँ न्यायाधीश र आफैँ प्रहरी जस्तो बनेर समाचार प्रकाशन गर्दा नागरिकले सही र सत्यतथ्य जानकारी पाउन पाउन नसकेको अध्यक्ष आचार्यको भनाईछ ।

प्रतिक्रिया दिनुहोस !