राजेन्द्र आचार्य

बाँके। छिमेकी मुलुक भारतसगँ जोड्ने मुलुककै प्रमुख नाका पर्ने बाँके जिल्लामा पछिल्लो ५ महिना यता लागुऔषधको कारोबार नियन्त्रणमा ठुलो सफलता मिलेको छ ।

लागुऔषधको अवैध कारोबार बढेका कारण जिल्लासगैँ उक्त क्षेत्रमा नै अपराधीक क्रियाकलाप बढ्नुका साथै नेपाल प्रहरीलाई नै ठुलो चुनौती थपिएको थियो ।

बाँके जिल्लामा ५ महिना अघि भदौँमा सुरुवा भई आएका प्रहरी उपरिक्षक अरुण पौडेलको विशेष अभियानका कारण झण्डैँ ८० प्रतिशतमा रहेको लागुऔषधको कारोबार ३० प्रतिशतमा झरेको तथ्याकंले देखाएको छ ।

 

 

 

 

 

लागुऔषधसगैँ गुण्डागर्दी विरुद्ध शुन्य सहनशिलताका साथ कार्य गर्ने बताएका एसपी पौडेलले लागुऔधष नियन्त्रण र गुण्डागर्दी विरुद्ध खरो उत्रिएको देखिन्छ ।

लागुऔषध, फरार अभियुक्त पक्राउ लगायत जिल्लामा सुशासन कायम गर्न कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे अनुसार विभिन्न कार्ययोजनाका साथ जिल्लामा ५ महिनाको अवधी राम्रै सफलता मिलेको देखिएको हो ।

लागुऔषधसहित फरार अभियुक्त पक्राउ, चौरी तस्कर र गुडागर्दी नियन्त्रण, ट्राफिक व्यवस्थापन, घरेलु हिंसा, बैकिङ्ग कसुर, जुवातास, यौन व्यवसाय, अवैध मदिरा लगायतका अपराधिक कार्यहरुमा समेत एसपी पौडेल थप कठोर भएर प्रस्तुत भएका छन् । जसका लागि  उनले ६ बुदेँ रणनिति समेत चलाएको दावी गरेका छन् ।

“म यस जिल्लामा आएदेखि नै लागुऔषध नियन्त्रण मुख्य आधार बनाएर अन्य ६ बुदेँ रणनिति अनुसार अगाडी बढेको थिए उनले भने । लागु औषधको कारोबार, सेवन, ओसापसार नियन्त्रणका लागि प्रहरीप्रधान कार्यालय र प्रदेश प्रहरीको कार्ययोजना अनुसार अघि बढेकै कारण ठुलो सफलता मिलेको हो । ”

लागु औषध विरुद्ध “नागरिकसगँ एक मिनेट”

उनले जिल्लामा सुरु गरेको लागु औषध विरुद्ध “नागरिकसगँ एक मिनेट”  अभियानात्मक कार्यक्रम नै सफलताको शुत्र सावित बनेको छ ।

अभियान अन्र्तगत उनले टोल, गाउँ बस्ती, शहर, समुह, विद्यालय, कलेजसगै सूचना र प्रविधिको प्रयोगसगैँ पर्चा, पम्प्लेट बाड्ने सचेतनामुलक कार्यक्रम गरिहेका छन् । भने लागु औषधमा प्रत्यक्ष संलग्नहरुसगँ, रिहाव सेन्टरमा रहेकासगँ र प्रयोगकर्ताको मनोभाव बुझेर विशेष अप्रेशन चलाएक छन् ।

यसै गरि एयरपोर्ट, सिमा नाका नेपालगञ्जसहित मानिसहरुको भिड हुने ठाउँमा होडिङ्ग वोर्ड नै राखेर लागु औषध निस्तेज पार्ने अभियान तीव्र पारेका छन् ।

१ सय ८२ जना लागु औषध कारोबारी तथा सेवन कर्ता पक्राउ

उनका अनुसार यो अवधिमा बाँके प्रहरीले २ सय ६९ ग्राम ८०० मिलिग्राम ब्राउनसुगर,  ३९ किलो ३५६ ग्राम चरेश,  २ किलो ७२० ग्राम गाँजा, ५ लिटर ८०० मिलिलिटर कोरेक्स, ५ हजार २ सय ७६ ट्याव्लेट नाईट्राजेपाम सहित १ सय ८२ जना लागु औषध कारोबारी तथा सेवन कर्ता पक्राउ गर्न आफ्नो टिम सफल भएको बताउछन् ।

कठोर प्रस्तुतीसगैँ आन्तरिक रुपमै कारवाही

यस्तै घरेलु हिंसा, बैकिङ्ग कसुर, गुडागर्दी, हप्ता असुली, जुवातास, यौन व्यवसाय, अवैध मदिरा लगायतका अपराधिक कार्यहरुमा समेत एसपी पौडेल थप कठोर भएर प्रस्तुत भएका छन् ।

यति मात्रै नभई उनी प्रहरीको आचारण र व्यवहारमा सुधार गर्नका लागि पनि आन्तरिक रुपमै  पुरस्कार र कारवाही गरिएको बताउछन् ।

ट्राफिक व्यवस्थापन तर्फ अनियमितता, ट्राफिक लाइट, ओभर स्पीड कन्ट्रोल लगायतका विषयमा गम्भिर भएर लाग्ने उनको भनाई थियो ।

६६ जना फरार अभियुक्त पक्राउ

एसपी पौडेलले यहि अवधी ६८ जना फरार अभियुक्तलाई समेत पक्राउ गर्न सफल देखिएका छन् । जस मध्ये ४८ जना अदालतको फैसलाबाट फरार प्रतिवादी पक्राउ गरि अदालत बट कैद तथा जरिवाना तोकिएको र १८  जना प्रहरी कार्यालयमा मुद्दा चल्दाका बखतमा फरार प्रतिवादी अभियुक्त पक्राउ  गरि ४ लाख ३५ हजार ७ सय १० जरिवाना रकम असुलसगैँ १९ वर्ष ५ महिना २४ दिन कैद असुल गराएका छन् ।

१४ वर्षअघि हेमकार परिवारसहित ५ जनाको हत्या गर्ने पक्राउ

यहि अवधी १४ वर्षअघि नेपालगञ्जका सुनचाँदी व्यवसायी हेमकार परिवारको हत्या गर्ने मुख्य अभियुक्त जिल्ला प्रहरी कार्यालय बाँकले पक्राउ गर्न सफल भएको छ ।

हत्याकाण्डका मुख्य अभियुक्त भनिएका भारतको उत्तर प्रदेश सीतापुर जिल्ला बिसवाह बजार घर भई हाल लखनउ सीतापुर प्रियदर्शनी कोलोनीमा बस्दै आएका ६५ वर्षीय किशोरीलाल सोनीलाई  भारतीय सीमा नजिकको जमुनाहबाट पक्राउ गरिएको बाँकेका एसपी अरुण पौडेलले बताए ।

२०६२ फागनु २३ गते नेपालगन्जका सुनचाँदी व्यवसायी हेमकार परिवारका बुहारी दीपा बाहेक परिवारका सबै सदस्यसहित ५ जनाको हत्या गरेका थिए । परिवारका गुलामदेवी हेमकार, जगदेव हेमकार, सीतादेवी हेमकार, दीपक हेमकार, र पसलमा काम गर्ने १५ वर्षीय रामशनिश्चर चौधरीको हत्या भएको थियो । पक्राउ  परेका व्यक्ति बुहारी दीपाका आफ्नै बुबा हुन् ।  हत्या गरी २९ लाख रुपैयाँ बराबरको सुनचाँदीका गहना लुटिएको थियो ।

कर्तव्य ज्यानका फरार २० वर्ष पछी पक्राउ

जिल्लामा सञ्चालित फरार अपराधी पक्राउ अभियान अन्र्तगत नै वि।स।२०५५ सालमा भारत वहराईच केवलपुर ग्राम वस्ने सावली प्रसाद वर्मा लाई जिल्ला बाँके ने।ग।उप।म।न।पा ।१४ भवनियापुर स्थित कर्तव्य गरि मारेको घटनामा सलग्नलाई समेत उनले पक्राउ गरेका छन् ।

जिल्ला बाँके नेपालगंज १५ पिप्रहवा वस्ने ईसराईल अहमद हलवाई लाई नेपालबाट अपहरण गरि भारतमा लगि कर्तव्य गरि मारेको घटनामा संलग्न रही फरार रहेका जिल्ला बाँके साविक पिप्रहवा गा.वि.स.वडा नं. ९ हाल नेपालगंज उ।म।न।पा। १५ पिप्रहवा वस्ने वर्ष ४६ को पुत्तन दर्जिलाई उनले भदौमा नै बाँके डुडुवा गाँउपालिका वडा नं. ६ नयाँवस्ती बाट पक्राउ गरि कारबाही पश्चात कारागार चलान गराएका थिए ।

भारतमा अलपत्र महिला एवं वालवालिकाको उद्दार

बाँकेमा आफ्नो कार्यभार समालेसगैँ सिमा क्षेत्रमा हुने मावन तस्करी रोक्न समेत एसपी पौडेलले विभिन्न अभियान सफल सावित भएको छ । जस मध्ये भारतमा विभिन्न वहानामा पठाईएका  दुःखीत जिवन व्यतित गर्न वाध्य पारिएका ४० जना महिलालाई उद्धार गरी निजहरुको आफन्त लाई जिम्मा समेत उनले लगाएका छन् । यस्तै ५ वर्ष अगाडी हराईरहेका ३ जना वालकलाई भारतको सिम्लाबाट समत उद्दार गरि आफन्तको जिम्मा लगाईएको उनले बताए ।

सि.के.र विप्लवसंग सम्बन्धित व्यक्तिहरुलाई पक्राउ

यति मात्रै नभई एसपी पौडेलले पुराना चोरीका घटनामा संलग्न दजर्नौ अभियुक्तहरु धमाधम पक्राउ गरि कानूनी दायरामा ल्याउनुका साथै सि.के.राउत, विप्लव माओवादीसंग सम्बन्धित गैह्र कानूनी क्रियाकलापमा संलग्न व्यक्तिहरु लाई पक्राउ गरि कारबाही गर्न सफल भएका छन् ।

भने  समुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत निरन्तर रुपमा जनचेतना मुलक कार्यक्रमहरु संचालनसगैँ लागु औषध अपराध नियन्त्रण एवं अनुसन्धानमा विभिन्न कार्यक्रमहरु संचालन गरी उल्लेखनिय कार्य गरेको बाँकेका लागि निकै महत्वपूर्ण उपलब्धी रहेको बाँकेबासी बताउछन् ।

भने यसै अवधीमा विभिन्न चोर पक्राउदेखि वम विष्पोट गराउने, घाटी रेटी हत्या गर्ने अभियुक्त देखि वन्यजन्तु तस्कर, ३ हजार लिटर घरेलु मदिरा नष्ट, अवैध नदीजन्य पदार्थ उत्खनन् गर्ने र अवैध काठ तस्कारलाई समेत पक्राउ गरि कार्वाही गरेक छन् । (स्थलगत रिर्पोटिङ्ग)

 

अब भने हेरौँ एसपी अरुणका जि.प्र.का.बाँकेका ५ महिनाका प्रमुख उपलब्धीहरू  :

  • फरार प्रतिवादी पक्राउ संख्या : ४८ जना अदालत बाट कैद तथा जरिवाना तोकिएका र १५ जना फरार प्रतिवादी अभियुक्त पक्राउ । ( रु ४,३५,७१० जरिवाना रकम असुल, १९ वर्ष ५ महिना २४ दिन कैद असुल)
  • भन्सार चोरी पैठारी सम्बन्धमा : मुल्य रु ६६,८४,४१७।- बराबरको सामान सहित ४४ जना व्यक्तिहरु पक्राउ गरी आवश्यक कारबाहीको लागी पठाईएको ।
  • ला.औ. सम्बन्धमा :

ब्राउनसुगर : २६९ ग्राम ८०० मिलिग्राम

चरेश  :  ३९ किलो ३५६ ग्राम

गाँजा :  २ किलो ७२० ग्राम गाँजा

कोरेक्स : ५ लिटर ८०० मिलिलिटर

नाईट्राजेपाम :  ५२७६ ट्याव्लेट  सहित १८२ जना ला.औ.कारोबारी तथा सेवन कर्ता पक्राउ ।

  • अन्दाजी ३०० क्यू. फिट अवैध काठ बरामद गरी कारबाहीको लागि वन कर्यालय पठाईएको, ३००० लिटर अवैध घरेलु मदिरा नष्ट गर्नुका साथै भारी मात्रामा न्यून गुणस्तरको मदिरा आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालयमा पठाईएको ।
  • नदी बाट अवैध नदिजन्य पदार्थ चोरी निकासी गर्ने कार्यमा संलग्न ९७ ट्रक / टेक्टर लाई आवश्यक कारबाहीको लागी सामान सहित डिभिजन वन कार्यालय, जिल्ला समन्वय समिति तथा सम्बन्धित गाँऊपालिकाको कार्यालयमा बुझाईएको ।
  • वन्यजन्तुजन्य सामाग्री बरामद एवं पक्राउ : मिति २०७५।५।२१ गते ने.ग.२ स्वस्तिक कटेज बाट जिल्ला बाजुरा कार्तिकस्वामी ३ वस्ने जगेन्द्र बहादुर शाहीलाई रेडपाण्डाको छाला थान १, मिति २०७५।०७।१० गते कोहलपुर न.पा.२ स्थित ऐ.ऐ.वस्ने मान बहादुर शाही लाई रेडपाण्डाको छाला थान १,मिति २०७५।०९।११ गते नेपालगंझ २ स्थित जिल्ला कालिकोट सन्नी त्रिवेणी गा.पा.६ वस्ने धनगिरी धामी र ऐ.ऐ.वस्ने प्रकाश साउद लाई कस्तुरीको विना १, मिति २०७५।०६।११ गते जिल्ला बाँके वैजनाथ गा.पा.वडा नं.१ स्थित गाभर होम स्टेको कोठा नं. ६ बाट जिल्ला बर्दिया बाँसगढी न.पा.वडा नं. १ वस्ने कृष्ण वादी र ऐ.ऐ.वस्ने चन्दन नेपाली लाई चितुवाको छाला थाना २, दाह्रा थान ६, मिति २०७५।०९।२३ गते जिल्ला बाँके कोहलपुर न.पा. ११ बाट जिल्ला दैलेख गुराँस गा.पा.२ वस्ने कमल खत्री र जिल्ला कन्चनपुर पुनरवास ४ वस्ने हरी ढकाल लाई बाघको छाला थान १ सहित पक्राउ गरि आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय बाँकेमा बुझाएको ।

 

सामुहिक हत्यामा संलग्न खुनडाँका मुद्दाका अभियुक्त १४ वर्ष पछी पक्राउ :

जिल्ला बाँके साविक नेपालगंज उप–महानगरपलिका वडा नं. १५ हाल वडा नं. ११ सदरलाईन स्थित न्यू दिप ज्वलर्स पसलमा मिति २०६२।११।२३ गते रातको समयमा उक्त ज्वलर्सका संचालक दिपक हेमकार समेत ५ जना व्यक्तिहरु लाई घाँटी रेटी हत्या गरेको वारदातमा संलग्न रही भागी फरार रहेका भारत उत्तर प्रदेश सीतापुर जिल्ला विसवां बजार स्थायी घर भई हाल भारत लखनउ सीतापुर प्रियदर्शनी कलोनीरोड वस्दै आएका वर्ष ६४ को किशोरीलाल सोनी लाई मिति २०७५।०६।१३ गते जिल्ला बाँके ने.ग.उप.म.न.पा.वडा नं. १५ जमुनाह नाका बाट पक्राउ गरि कारबाही पश्चात काराकार चलान भएको ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछी पक्राउ

मिति २०५५।०६।३० गते भारत वहराईच केवलपुर ग्राम वस्ने सावली प्रसाद वर्मा लाई जिल्ला बाँके ने.ग.उप.म.न.पा.१४ भवनियापुर स्थित कर्तव्य गरि मारेको घटनामा र मिति २०७२।५।१२ गते जिल्ला बाँके नेपालगंज १५ पिप्रहवा वस्ने ईसराईल अहमद हलवाई लाई नेपालबाट अपहरण गरि भारतमा लगि कर्तव्य गरि मारेको घटनामा संलग्न रही फरार रहेका जिल्ला बाँके साविक पिप्रहवा गा.वि.स.वडा नं. ९ हाल नेपालगंज उ.म.न.पा. -१५ पिप्रहवा वस्ने वर्ष ४६ को पुत्तन दर्जिलाई मिति २०७५।०५।१५ गते बाँके डुडुवा गाँउपालिका वडा नं. ६ नयाँवस्ती बाट पक्राउ गरि कारबाही पश्चात कारागार चलान भएको ।

 

बम विष्फोट गराई आंतक मच्चाउने खोज्ने पक्राउ

मिति २०७५।७।२९ गते जिल्ला बाँके ने.ग.उप.म.न.पा.वडा नं. २ पुष्पलाल चोक स्थित पुष्पलालको शालिक छेउमा वम राखी आंतक सृजना गर्ने कार्यमा संलग्न जिल्ला जाजरकोट त्रिवेणी नलगाड न.पा.४ वस्ने तथाकथित  “ हामी नेपाली हाम्रो नेपाल ” भन्ने संस्थाको अध्यक्ष बताउने प्रदिप ओली लाई डेटोनेटर थान ६, विष्फोटक पदार्थ, पर्चा सहित पक्राउ गरि कारबाही पश्चात जेल चलान भएको ।

श्रंखलाबद्ध रुपमा एनसेल टावरको ट्रान्सफर्मरको तार  चोरी गर्ने पक्राउ :

बाँके जिल्लाको विभिन्न स्थानमा जडित विद्युत पोल तथा एनसेल टावरको ट्रान्सफर्मर र सो भित्र रहेका तामाको तार व्याट्री समेत चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरुलाई मिति २०७५।०९।१८ गते ठुलो परिमाणको तामाको तार लगायतका सामाग्री सहित पक्राउ गरि अनुसन्धान भईरहेको   ।

 

 

भारतमा अलपत्र महिला एवं वालवालिकाको उद्दार :

विभिन्न मितिमा भारतमा विभिन्न वहानामा पठाईएका  दु: खीत जिवन व्यतित गर्न वाध्य पारिएका ४० जना महिला लाई मिति २०७५।०७।२९ गते उद्धार गरी निजहरुको आफन्त लाई जिम्मा लगाईएको, एवं ५ वर्ष अगाडी हराईरहेका ३ जना वालकलाई भारतको सिम्ला बाट मिति २०७५।१०।०३ गते उद्दार गरि आफन्तको जिम्मा लगाईएको ।

घाँटी रेटी हत्या गर्ने अभियुक्त पक्राउ :

मिति २०७५।०९।२७ गते राती जिल्ला बाँके को.न.पा.वडा नं. ११ नयाँवसपार्क स्थित खुल्ला चौरमा जिल्ला सुर्खेत सिम्ता गा.पा.वडा नं. २ वस्ने वर्ष २२ को दिपक सिंह ठकुरी लाई घाँटी रेटी विभत्स रुपमा हत्या गरेको घटनामा संलग्न रही फरार रहेका जिल्ला बाँके राप्तीसोनारी गा.पा.वडा नं. २ वस्ने जिरे भन्ने युवराज गिरी लाई र जिल्ला अछाम हिज्जा गा.पा.६ वस्ने भरत बहादुर शाही लाई मिति २०७५।१०।०२ गते पक्राउ गरि अनुसन्धान भईरहेको ।

  • पुराना चोरीका घटनामा संलग्न दजर्नौ अभियुक्तहरु धमाधम पक्राउ गरि कानूनी दायरामा ल्याईएको ।
  • सि.के.राउत, विप्लव माओवादी संग सम्बन्धित गैह्र कानूनी क्रियाकलापमा संलग्न व्यक्तिहरु लाई पक्राउ गरि कारबाही गरिएको ।
  • समुदायिक-प्रहरी साझेदारी कार्यक्रम अन्तरगत निरन्तर रुपमा जनचेतना मुलक कार्यक्रमहरु संचालन गरिएको ।
  • लागु औषध अपराध नियन्त्रण एवं अनुसन्धानमा विभिन्न कार्यक्रमहरु संचालन गरी उल्लेखनिय कार्य गरेको ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस !