कास्की, १ फागुन।  यही फागुन ७ गते पोखरामा आयोजना गरिएको १३ औँ संस्करणको ‘सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन’लाई अमेरिकामा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन् ।

नेपालीबाट सङ्कलित रु तीन लाख आज पोखरामा खेलप्रेमी याम पौडेलले मञ्चका अध्यक्ष तेज गुरुङलाई हस्तान्तरण गर्नुभयो । ‘दौडौँ स्वास्थ्यका लागि, दौडौँ पोखराका लागि’ भन्ने नारासाथ भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने म्याराथनलाई अमेरिकास्थित बोष्टन र न्यू ह्याम्पसाएरमा कर्म क्षेत्र बनाएर बसेका नेपालीले सो सहयोग गरेका हुन् । बोष्टन र ह्याम्पसाएरका याम पौडेल, सोम गुरुङÞ, कृष्ण खनाल, भुवन गुरुङ, झक गुरुङÞ, रत्न गुरुङÞ, टोप गुरुङÞ, माधव रानाभाट, शम्भु गुरुङÞ, किरण खड़का, दीपेन्द्र लामिछाने लगायतले सहयोग गर्नुभएको बताइन्छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा पौडेलले पोखरा म्याराथन जस्तो कार्यक्रममा सहयोग गर्न पाउँदा परदेशमा रहेका नेपाली पनि खुशी भएको बताउनुभयो । मञ्चका अध्यक्ष गुरुङले देशविदेशमा रहेका नेपालीले पोखरा म्याराथनलाई सफल गराउन आआफ्नोतर्फबाट खेलेको भूमिकाप्रति आभार व्यक्त गर्दै तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !