
रत्ननगर, माघ १ । आठौँ विश्व रेडियो दिवसकाे अबसरमा चितवन स्थित रत्ननगरमा रहेकाे रिलेशन एफ एम ८८ मेगाहर्जले शुभकामना अादान प्रदानसँगै दिप प्रज्वलन गरेकाे छ ।
चितवनकाे लाेकप्रिय रेडियाेकाे रूपमा रहेकाे रिलेशन एफएमले कार्यालयकाे परिसरमा एक कार्यक्रम गरेर कर्मचारी तथा अाँफ्ना शेयर सदस्यहरू बिच अन्तरसंवाद गर्दै दिप प्रज्वलन गरिएकाे एफएमले जनाएकाे छ ।
कार्यक्रममा एफएमका अध्यक्ष अनिल अधिकारीले दिबसले सबैप्रती सहकार्यको भावना जाग्ने संदेश दिन सक्नेमा जाेड दिए । अधिकारीले पुर्बी चितवनमा रहेर जनताहरूला सुचना प्रभाव गरेर रेडियाेकाे शाख उच्चस्तरको राख्नमा सहयाेग पुर्याउने प्रतिपनि धन्यबाद दिएका थिए ।
‘संवाद, सहिष्णुता र शान्ति’ यो वर्षको विश्व रेडियो दिवसको नारा हो । संयुक्त राष्ट्रसङ्घको आहृवानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो ।
स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औँ सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रोअरी १३ तारिखमा रेडियो दिवस मनाउने घोषणा गरेको थियो ।