
चितवन, फागुन १ । फागुन १ अर्थात जनयुद्ध दिवस । तत्कालीत निरंकुस एकतान्त्रीय शासन व्यवस्था परिवर्तन गरी जनताको अधिकार स्थापित गर्ने संकल्प गर्दै जनयुद्ध सुरु गरेको दिन । जनयुद्ध विस्त्रित शान्ति सम्झौतामा पुगरे टुंगीदै मुलुक शान्ति प्रक्रियामा अघि बढेको पनि निक्कै लामो समय व्यतित भईसकेको छ । जनयुद्ध, जनआन्दोलनपछिका उपलव्धी र त्यसलाई संस्थागत गर्ने चरणमा जाने हो भने धेरै तर्क, बहस अवश्य होलान ।
तर तिनै जनयुद्ध सुरु भएको सम्झनामा हरेक वर्षको फागुन १ गत्ते जनयुद्ध दिवसका रुपमा देशैभर विभिन्न कार्यक्रम गरी मनाउने गर्दछन । तत्कालीन नेकपा माओवादीले फागुन १ लाई जनयुद्ध दिवसको रुपमा मनाउदै आएकोमा यसवर्ष भने तत्कालीन नेकपा एमालेको पनि सहभागीतामा दिवस मनाईएको छ । नेकपाले दिवस मनाउन ७७ वटै जिल्लामा सर्कुलर पनि गरेको थियो ।
तत्कालीन जनयुद्धको नेतृत्वकर्ता हाल नेपाल कम्युनिष्ट पार्टि (नेकपा) अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको गृह जिल्ला चितवनमा नेकपाले २४ औँ जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरी मनाएका छन । पुर्व प्रधानमन्त्री समेत रहनुभएको प्रचण्ड भने नेकपा केन्द्रको कार्यक्रममा सहभागी भईरहदाँ उनको गृह जिल्ला चितवनमा पार्टि तथा भातृ संघ संगठनले विभिन्न कार्यक्रम गरी मनाएका हुन । नेकपा चितवनको पार्टि कार्यालयमा आयोजित जनयुद्ध एवंम जनआन्दोलन विशेष कार्यक्रममा नेकपा चितवनका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले जनयुद्ध र त्यसको जगमा भएको जनआन्दोलको उपलव्धी रक्षा गर्नु अहिलेको मुख्य चुनौति रहेको औल्याएका थिए । हिजो जनयुद्ध लड्नु, जनआन्दोलनमा होमिनु जति संघर्षपुर्ण थियो अब त्यसबाट प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता लगायतका उपलव्धीहरुलाई संस्थागत गर्नु उतिकै चुनौतिपुर्ण छ कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य केसवलाल श्रेष्ठले भने परिवर्तनलाई जोगाउन नसकिए जनयुद्ध र जनआन्दोलनको औचित्य रहदैन ।
मन्तव्य राख्ने क्रममा नेकपा नेताहरुले परिवर्तनलाई संस्थागत गर्न तत्कालीन नेकपा एमाले र नेकपा माओवादी एक भएर नेकपा बनेकाले अब जनताको समृद्धिको सपना पुरा हुने दावी गरेका थिए । उनिहरुले फेरी पनि सरकार ढ्ल्ने र बन्ने सिलसिला दोहोरीए मुलुक ठुलो भुमरीमा फस्ने चेतावनी दिदै नेतृत्वको ध्यानाकर्षण गराए । कार्यक्रममा नेकपा नेता तथा सांसद घनस्याम दाहाल, देवि ज्ञवाली, यम बहादुर परियार, भरतपुर महानगर प्रमुख रेणु दाहाल लगायतका मन्तव्य राखेका थिए ।
यस्तै अखिल क्रान्तीकारी जिल्ला समिति चितवनले जनयुद्धका समयमा भएका विभिन्न घट्नाक्रम समेटीएको १ घण्टा लामो वृत्तचित्र (तस्विरमा जनयुद्ध) देखाएको थियो । वृत्तचित्रमा जनयुद्ध सुरु भएदेखि विस्त्रित शान्तीसम्झौता हुँदै टुंगीएको भिडियो फुटेज तथा तस्विर देखाईएको थियो । वृत्तचित्र हेर्ने अधिकांस नेता कार्यकर्ताको आँखामा आँसुका ढिक्का तिल्पीलाएको थियो ।
यस्तै जनयुद्ध दिवसकै अवसरमा जिल्लाका विभिन्न कलेज तथा विभिन्न स्थानमा वुधवार साँझ दिप प्रजलन गरीएको थियो । एनपिआई कलेज, सप्तगण्डाकी बहुमुखि क्याम्पस, बालकुमारी कलेज, विरेन्द्र बहुमुखि क्याम्पस लगायत विभिन्न कलेजमा दिप प्रजलन गरीएको थियो । वाईसिएल र युवासँघले भरतपुर ११ मा संयुक्त रुपमा शुभकामना आदानप्रदान तथा दिप प्रजलन गरी मनाएका छन । कार्यक्रममा नेकपाका नेता कार्यकर्ताहरुले एकआपसमा अविर लगाई शुभकामना आदानप्रदान गरेका थिए ।