धनगढी । गोदावरी नगरपालिकाको न्यायिक समितिले आर्थिक वर्ष २०७५।०७६ मा ३२ उजुरीलाई लाई मिलापत्र गरेको छ । उतm नगरपालिकाले विभिन्न प्रकृतिका ५५उजुरीमध्ये ३२ उजुरीको मिलापत्र गर्न सफल भएको हो । आर्थिक वर्ष २०७५।०७६ मा जग्गा विवादका २४ घरेलु हिंसाका १५ लेनदेनका ४ सम्वन्ध विच्छेदका १ वाटो विवादका ५ कुटपिट १ र अन्य ५ गरी ५५ मुद्धा न्यायिक समितिमा परेको गोदावरी नगरपालीकाका न्यायिक समिति संयोजक रत्ना कडायतले बताईन । उनले परेका उतm मुद्धा मध्ये ३२ उजुरीलाई मिलापत्र सर्न सफल भयौ र अन्य २३ उजुरीको छिटै मिलापत्र हुने वताईन ।

वढी जसो घरेलु हिंसा जग्गा विवाद सम्वन्ध विच्छेद जस्ता उजुरी न्यायिक समितिमा पर्ने गरेको वताउदै उनले भनिन उजुरी माथी पटक पटक म्याद थपाएर पीडित पक्षलाई वोलाएर नै मिलापत्र गर्ने गरिएको छ । कतिपय उजुरी हाम्रो अधिकार क्षेत्र भित्र पर्दैन तर पनि त्यस्ता उजुरी लिएर पीडीत पक्ष आउने गरेको र दुइटै पक्ष मिल्न खोजे मिलापत्र गर्ने गरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !