– टंक कुंवर –
धनगढी । सुदुरपश्चिम प्रदेशमा गाईको आतंक बढेको छ । राती खेतमा त दिउसो सडकमा छरपस्ट रुपमा हिड्न व्यस्त छन् । गाईका कारण सडकमा हिड्न मुस्कील पर्दै गइरहेको छ भने दुर्घटना पनि बढेको छ । राती स्थानीयका खेतवारी लगाएको गहँु खाएर सखाप पार्न थालेका छन तर सम्वन्धीत निकाय भने मौन छ । हामी बारीवाट गाई धपाउन रात भरी जागराम हुनु पर्छ के गर्ने सम्वन्धीत निकाय भने मौन बसेको स्थानीय रमशरण रानाले वताए । उनले २५ गाईको जमात एकै चोटी आउने गरेको र एकै चोटी बारीमा लगाएको गहुँ सखाप गरेर जाने गरेको वताए । सडक र बारीमा लगाएको अन्न बाली नस्ट गर्न थालेपछि यहाका स्थानीयबासी हैरान भएका छन् ।

गोदावरी नगरपालिकाले विभिन्न स्थानमा तार जाली लगाएर गाईको व्यवस्थापन गर्ने गरेको वताउदै आएको भएपनि उक्त क्षेत्रमा भने गाईको बथान यत्रतत्र घुमी रहेका हुन्छन् । के को गाई व्यवस्थापन हुनु एक जना स्थानीयले गुनासो गरे ।
उता गोदावरी नगरपालिकाका उपमेयर रत्ना कडायतले भनिन हामीले आफनो चुनावी घोषणा पत्रमा नै गाई व्यवस्थापनका कुरा प्राथामिकतामा राखेका थियौँ तर जसरी गाई व्यवस्थापन हुनु पर्ने त्यस्तो हुन नसकेको वताईन । यस प्रदेशमा खुल्ला सीमा नाका भएका कारण भारतवाट गाई नेपाल आउने गरेको र व्यवस्थानमा कठिनाई भई रहेको उनको भनाई छ ।

हामीले पहाडी क्षेत्र र यस नगरपालिका वडाहरुमा गाई व्यवस्थापन गरीरहेका छौ तर जे जस्तो गर्दा पनि गाईको कमी भईरहेको छैन उनले भनिन । विहानै गाईको बथान भगाउनु पर्छ के गर्ने दिनचर्या यसैमा वित्न लाग्यो स्थानीय विनोद पन्तले बताए । हामीले के खाने ? गाईले वर्ष भरिका लागी लगाएको गहुँ सखाप बनाई सक्यो उनले गुनासो गरे । यता धनगढी उपमहानगर पालिकाका नगर प्रमुख नूप वहादुर ओडले गाईको व्यवस्थापनमा समय खर्चि रहेको वताए । हामीले गौशाला निर्माण गरी गाई व्यवस्थापन गरेका छौ तर जति गरेपनि भईरहेको छैन । यसका लागी सवै नागरिकको उत्तिकै आवस्यक छ उनले भने आफुले पालेका गाई गोर्रु जथाभावी नछोड्न सबैसंग आव्हान समेत गरे ।

प्रतिक्रिया दिनुहोस !