धादिङ, ५ फागुन : लोपोन्मुख अवस्थामा रहेको नेपाली पहिचानसहितको डण्डीबियो खेलको धादिङबेसीमा पहिलो पटक प्रतियोगिता आयोजना गरिएको छ । धादिङबेसीस्थित खुलामञ्चमा जिल्ला समन्वय समितिको प्रमुख जगन्नाथ नेपालले उक्त प्रतियोगिताको आज डण्डीले बियो हानेर उद्घाटन गर्नुभयो । डण्डीबियो संस्कृति जोगाउन तथा मौलिक खेलका रुपमा विकास गर्न डण्डीबियो सङ्घ र नेपाल स्काउट धादिङले संयुक्त रुपमा आयोजना गरेको हो ।

प्रतियोगितामा जिल्लाका ४१ विद्यालयले भाग लिएका छन् । सो प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वनालाई क्रमशः रु ५० हजार, रु ३० हजार, रु २० हजार र रु १० हजार पुरस्कार प्रदान गरिने नेपाल स्काउट धादिङका समन्वय आयुक्त शिव सापकोटाले जानकारी दिनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस !