
बुटवल, ५ फागुन ।
कम्प्युटर एशोसीयशन महासंघ (क्यान) रुपन्देहीको आयोजनामा बुटवलमा जारी स्टार्टअप वाईटेक क्यान ईन्फोटेक सूचना प्रविधिसम्बन्धी प्रर्दशनीमा आईतबार प्रदेश नम्बर ५ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले अवलोकन गरेका छन् ।
प्रर्दशनीको तेस्रो दिन मन्त्री लिला गिरी संगै प्रदेश सभा सदस्य दधिराम न्यौपान े(माधव शर्माले) समेत अवलोकन गरेका हुन । क्यान ईन्फोटेक अवलोनक पश्चात मन्त्री गिरीले स्थायी प्रकृतिको प्रर्दशनी स्थलको आवश्यकता महसुस गरिएको बताए । उनले सोही अनुसार प्रदेश सरकारले नै अहिले बुटवल मण्डपमा स्थायी प्रकृतिको प्रर्दशनी स्थल बनाउने कार्य समेत अगाडि बढाएको बताए । सूचना तथा प्रविधि सम्बन्धी प्रर्दशनीको लागि अझ बढि स्थायी प्रकृतिको प्रर्दशनी स्थल आवश्यक रहेको उनले बताएका हुन ।
सबै स्टलहरुको अवलोकन गरेका मन्त्री गिरीले दांग जिल्लाका विद्यार्थीहरुले लाईफाई टेक्नोलोजीको विषयमा विशेष चासो व्यक्त गरे । अहिलेको वाईफाई भन्दा १०० गुण बढि क्षमता भएको लाईफाई लाई विस्तार गर्नको लागि प्रदेश सरकारले पहल गर्ने समेत बताएका थिए । उनले नयाँ नयाँ प्रविधिको सुरुवात भएसंगै विकास भएका प्रविधिलाई आत्मसाथ गर्दै आगाडि बढ्नुपर्ने समेत बताए ।
क्यान ईन्फोटेकको तेस्रो दिन भएको एक्पर्ट अन्तर विद्यालय लोक नृत्य प्रतियोगीत सम्पन्न भएको छ । सामुदायिक र संस्थागत विद्यालयहरुको उल्लेखनिय सहभागीता रहेको प्रतिपष्र्धाबाट प्यारामाउन्ट ईंगलीस बोर्डींग स्कुल प्रथम भएको छ । यस्तै द्धितियमा तिनाउ ईंलीस बोर्डींग स्कुल भएको छ ।
यस्तै तृतीय स्थानमा स्कलर्स होम बोर्डिग स्कुल भएको छ, यस्तै सान्तव्ना स्थानमा न्यु होराईजन ईंगलिस बोर्डींग स्कुलले हात पारेको छ । अतिरिक्त क्रियाकलपा संयोजक संयोजक माधव अर्यालका अनुसार विजयी विद्यार्थीहरुलाई नगद सहित आर्कषक पुरस्कार प्रदान गरिएको थियो । संयोजक अर्यालका अनुसार प्रथम १० हजार, दोस्रो ७ हजार, तेस्रो टिमले ५ हजार र सान्तव्ना टिम लाई ३ हजार नगद सहित, प्रमाणपत्र र आर्कषक पुरस्कार प्रदान गरिने छ । पुरस्कार क्यान ईन्फोटेक समापनको दिन फागुन ७ गते वितरण गरिने छ ।