एजेन्सी / यौन मानिसको लागी अनिवार्य शारीरिक आवश्यकता हो । यो आवश्यकता पुरा गर्नका लागी हामीले निकै ध्यान दिनुपर्दछ । तपाईको गलत भोजनले पनि यौन जीवनलाई नकारात्मक असर पार्न सक्छ । भोजन हाम्रो शरीरको लागि निकै आवश्यक हुन्छ । यसको उचित सेवनले मात्र हामीलाई पोषण मिल्छ । जब हामी भोजन गर्छौं तब ती चीजलाई वेवास्ता गर्नुपर्छ, जसले हाम्रो शरीरलाई नोक्सान पुर्याउँछ । यसकारण शारीरिक सम्बन्ध राख्नुअघि यी चीजहरूको सेवन गर्नुहुँदैन ।
सिमी – यसमा प्रोटीन र फाइबर भएता पनि यसले तपाईको पाचन प्रक्रियालाई बिगार्न सक्छ । जसले इन्टिमेट हुँदा तपाईको तनावलाई बढाउन सक्छ ।
रेड मीट– रेड मीट खाईसकेपछि तपाईलाई निन्द्रा लाग्छ किनभने रेड मीट निकै हेभी भोजन हुन्छ, जसलाई पचाउन धेरै समय लाग्छ । यसले तपाईको आनन्दलाई नष्ट गर्छ ।
अल्कोहल – जाँडरक्सी सेवन पश्चात् तपाईको संवेदनशीलतामा फरक पर्छ । यसको सेवनले शारीरिक सम्बन्धको आनन्दबाट बञ्चित गर्छ ।
पुदिना– पुदिनाको सेवनले तपाईको यौन क्षमतालाई कम गर्छ । यसकारण शारीरिक सम्बन्ध राख्नुअघि यसको सेवन गर्नुहुँदैन ।
फ्रेन्च फ्राइज– यौन सम्पर्क राख्नुअघि यसको सेवनले टेस्टोस्टेरॉन हार्मोन्सको स्तर निकै कम गर्छ । जसले तपाईको यौन जीवनमा नकारात्मक असर पार्छ ।