काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेलको मुख्य कार्यालय बाहिर शुक्रबार साँझ शक्तिशाली बम विस्फोट भयो ।
बम बिस्फोटबाट एनसेलको मुख्य कार्यालयमा पनि क्षति पुगेको छ ।

बम विस्फोटबाट बाटोमा हिँडिरहेको ३ पैदलयात्री घाइते भएका छन् । घाइते मध्ये एकको उपचारको क्रममा मृत्यु भएको छ । नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीका अनुसार लमजुङ मेल हाल भैसीपाटी बस्ने सिंहप्रसाद गुरुङको उपचारको क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको बताउनुभयो । घाइते प्रतीक्षा खड्का र उरुषा मानन्धरको अस्पतालमा उपचार भइरहेको छ ।

कस्ले पड्कायो बम
काठमाडौंमा बम पड्किएपछि प्रहरीले सुरक्षालाई थप कडाई गरेको बताएको छ । प्रवत्ता सुवेदीका अनुसार ‘बम कस्ले पड्कायो भन्नेबारेमा अनुसन्धान भइरहेको छ, उहाँले भन्नुभयो हामीले सुस्म तरिकाले अनुसन्धान गरिरहेका छौँ अहिलेसम्म बम पड्काउनेको पहिचान भएको छैन् प्रहरी त्यसमा लागिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस !