काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज आफ्नो ६८ औं जन्मदिन मनाउँदै हुनुहुन्छ ।

प्रधानमन्त्रीको जन्मदिन मनाउने कुनै औपचारीक कार्यक्रम नभएपनी प्रधानमन्त्री निवास वालुवाटारमै शुभेच्छुक एवं नेता कार्यकर्ताले शुभकामना आदनप्रदानको सामान्य कार्यक्रम रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सत्तारुढ नेकपाको अध्यक्षसमेत रहनुभएका ओलीलाई सामाजिक सञ्जालमार्फत नेता तथा कार्यकर्ताहरुले व्यापक बधाई तथा शुभकामना दिईरहेका छन् ।

वि.सं २००८ फागुन ११ गते झापामा जन्मिनुभएका ओली नेपालका ३८ औं प्रधानमन्त्री हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !