
– टंक कुवर –
धनगढी । विकास निर्माण आजको आवस्यतmा हो । हरेक गाउँवस्तीमा विजुली शिक्षा, स्वास्थ्य रोजगार । असहायलाई सहयोग । नेपाली जनताले चाहेको पनि यही हो ।
जनताले यही आवस्यकता पुर्ति गर्न जनप्रतिनिधिलाई निर्वाचित गराएका पनि हुन । तर सवै जनप्रतिनिधि एउटै छैनन्, कुनै स्थानका जनप्रतिनिधिले भने जनताले चाहेको काम गर्न सुरु गरेका छन् । जनताको काम गरेरै मन जित्ने वान्नीगढी गाउँपालिका अछामका प्रमुख राजेन्द्र खडका जिल्लामै चर्चित बन्न थालिसकेका छन् । उनले आफनो पुरै तलव पढनबाट वन्चित टुहुरा असहाय वालबलिकामा खर्च गर्ने भएका छन् । उनले गाउपालिकामा निर्वाचित भए लगत्तै आफुले पाउने सम्पूर्ण तलव पढनबाट वन्चित त्यस्ता वालवालिका लागि खर्च गर्ने घोषणा गरेका थिए ।
सोही अनुरुप उनले त्यस्ता वालवालिकालाई चैत्र महिनावाट कार्यक्रम सुरु गरी खर्च गर्ने बताए । निर्वाचित भए लगत्तै उनले समाजमा समस्या परेका व्यतिmलाई सहयोग गर्दै आएका छन् ।
वान्नीगढी गाउपालिका वडा नं ५ का श्याम रावलको दुई वटै मृगौला फेल भएको थियो । उनले उनको उपचारका लागि ५० हजार सहयोग गरेको पनि बताए । प्रमुख खडकाले प्रत्येक स्वास्थ्य चौकीलाई एक एक थान कम्प्युटर वितरण गरेका छन भने वाईफाई सेवा समेत जडान गर्ने प्रतिवद्दता जाहेर गरेका छन् ।
त्यसैगरी ९ र १० कक्षा मा अध्यनरत विद्यार्थीलाई वालविवाह न्यूनिकरणका लागि जनचेतनाका कार्यक्रमहरु पनि सुरु गरेका छन । त्ययती मात्र होइन उनले गाडी खरिद मा आएको रकम पनी विकास निर्माणमा खर्च गर्ने जनाएका छन ।
गत वर्ष गाडी खरिदमा आएको रकम सोही गा.पा.को छाता सैन वडा नं ३ मा कृषि पकेट क्षेत्रमा आलु खेतीका लागी ३० लाख रकम दिएका थिए खडकाले । यस वर्ष पनि गाडी खरीदका लागि आएको सम्पूर्ण वजेट विकास निर्माणमा लगाउने उनले वताए ।
गाउँमा समस्या परेका व्यतिm होस या असहाय टुहुरा वालबालिकाका परिवारका प्रेरणाका स्रोत बनेका छन् राजेन्द्र खडका वान्नीगढी गा.पा का स्थानीय मदन कुँवरले बताए ।
हामी समस्यामा पर्दा राजेन्द्र सरलाई संम्झिन छोडदैनौ र गुहार्छौ पनि । उहाँले हाम्रा समस्या सरल तरिकाबाट वुझनु हुन्छ, सहयोग गर्न पछि हटनु हुन्न कुँवरको भनाई छ ।
धार्मिक क्षेत्रमा पनि उत्तिकै चासो राख्ने खडकाले वान्नीगढी गाउपालिकामा अवस्थित जनालीकोट पचांगाको राधाकृष्ण मन्दिर निर्माणका लागि २१ लाख सहयोग र अझैपनि आवस्यक सहयोग गर्ने बताएका छन् ।
सो मन्दिर २०२६ सालवाट स्वं झनक दत्त तिमिल्सेनाले निर्माण कार्य आरम्भ गरेका थिए मन्दिर निर्माण समितिका सचिव शिक्षक पूर्ण बहादुर कुँवरले बताए ।
यति पुरानो मन्दिरलाई निर्माण कार्यमा हामी लागि रहेका वेला खडकाले सहयोग गरेकोमा हामी थप उत्साहित भएका छौ उनले बताए । उहाँ जस्तो जनप्रतिनिधि पाउन हाम्रो अहोभाग्य हा,े हामी कुनै समस्यामा पर्दा दगुरेर आइहाल्नु हुन्छ एक स्थानीयको भनाई छ ।
उनले गाउपालिकामा रहेका खेलकुद मैदान र प्रत्येक वडासंग जोडने सडक निर्माण तिर्व गतिले अगाडि बढाएका छन् ।