काठमाडौँ, १५ फागुन : नेपालको सामाजिक आर्थिक विकासमा उल्लेखनीय योगदान दिनुभएका पर्यटन व्यवसायी आङ्छिरिङ शेर्पाको ताप्लेजुङको दारेढुङ्गामा आज भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएको छ ।
यति एयरलायन्ससहित विभिन्न पर्यटन क्षेत्रसँग सम्बद्ध शेर्पा पर्यटन क्षेत्रका एक हस्ती हुनुन्थ्यो । उहाँले थामशेर्कु ट्रेकिङ, यति एयरलाइन्स, तारा एयरलाइन्स, हिमालयन एयरलाइन्स तथा गोकर्ण रिसोर्टको स्थापना गरी पर्यटन तथा नागरिक उड्डयन क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुभएको थियो । यति एयरलाइन्सका प्रबन्ध निर्देशकशेर्पा आफ्नै कम्पनी यति एयरलाइन्समा सन् १९९८ सेप्टेम्बर २१ देखि कार्यरत रहनुभएको सो एयरलाइन्सका वरिष्ठ अधिकारी भीम राईले जानकारी दिनुभयो ।
शेर्पाले थामशेर्कु ट्रेकिङको कार्यकारी निर्देशक तथा यति माउन्टेन होम्स तथा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्देशक पनि भई सेवा गर्नुभएको थियो । उहाँको लगानी डाइनेष्टी एयरलायन्सका साथै केही होटेलमा पनि छ । अन्ठाउन्न वर्षअघि सोलुखुम्बुको जुगिङमा पाङग्ुममा जन्मनुभएका शेर्पाका श्रीमती र दुई छोरा छन् ।
–––

प्रतिक्रिया दिनुहोस !