काठमाडौं । सन्दीप लामिछानेले एनसीसीएस सीप्यान वर्ष उत्कृष्ट क्रिकेट खेलाडीको अवार्ड जितेका छन् । पारस खड्का, दीपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामीलाई पछि पार्दै उनले यो उपाधि जितेका हुन् । यस वर्ष उनले अष्ट्रेलियाको बिग बास लिग, बंगलादेश प्रिमियर लिग लगायतका क्रिकेट प्रतियोगिता खेलेका छन् ।

sita

यसैबीच सीता राना मगरले भने एनसीसीएस सीप्यान वर्ष उत्कृष्ट महिला क्रिकेट खेलाडीको अवार्ड जितेकी छन् ।

उनले महिला क्रिकेट टीमको कप्तान रुबिना क्षेत्री, करुणा भण्डारी, सरिता मगर र इन्दु वर्मालाई पछि पार्दै अवार्ड जितेकी हुन् ।

उनले अवार्डसँगै ६६ हजार रुपैयाँ पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस !