कास्की । अपराधिक क्रियाकलाप नियन्त्रणमा फरक शैलीसहित सफलता हासिल गरेको कास्की प्रहरीलाई फेरि अर्को सफलता मिलेको छ ।
नक्कली नोट छाप्ने गिरोह पक्राउ गरि कार्वाही गर्न सफल कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम रानाको टिमले फेरि अर्को सफलता हात पारेको छ ।
कास्की प्रहरीको विशेष अप्रेशन अभियान नै बनाएर शान्ति सुरक्षाका तल्लिन कास्की प्रमुख रानाको अले ५ थान हतियार सहित ४ ब्यक्ति पक्राउ सफल भएको छ ।

कास्की रुपा गाउपालिका बडा नं ७ तालवेसी तथा सौर्यवासका बिभिन्न स्थानहरुमा अबैध रुपमा हातहतियार लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा यस जिल्ला प्रहरी कार्यालय कास्की तथा ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट सयुक्त रुपमा खटिएको विशेष प्रहरी टोलीले ५ थान हतियार सहित ४ जनालाई पक्राउ गरेको एक विज्ञप्ती जारी गर्दै कास्कीका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।

पक्राउ परेका जिल्ला कास्की रुपा गा।पा।७ घर भई हाल पोखरा म.न.पा.३० शिशुवा वस्ने बर्ष ५५ को नारायण बहादुर गरुङबाट २२ बोर राईफल लेन्स सहित थान १, जिल्ला कास्की रुपा गाउपालिका बडा नं ७ तालवेशी बस्ने बर्ष ४८ को दिल बहादुर गुरुङबाट  १२ बोर राईफल सर्ट गन  थान, जिल्ला कास्की रुपा गाउपालिका ७ तिलखोरिया बस्ने बर्ष ४५ को सुरेश गुरुङ बाट भरुवा बन्दुक थान,   जिल्ला कास्की रुपा गाउपालिका बडा नं ७ तिलखोरीया बस्ने बर्ष ५४ को मन बहादुर थापा मगरबाट भरुवा बन्दुक थान १ बरामद गरिएको छ ।पक्राउ परेका सबैलाई म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस !