नेताहरुमा शनि, मनि र दुश्मनीको राप

संकेत कोइराला –
एकदिन स्वर्गमा बस्दाबस्दै वाक्क दिक्क भएका देवराज इन्द्र माछाको रुप धारण गरी पोखरीमा रमाईलो गर्दै पौडी खेल्दै थिए । त्यतिकैमा माझीहरुले थापेको बल्छीमा इन्द्र परेछन् । बल्छीको तिखो धारले इन्द्रको मुखमा नराम्ररी घाउ बनाएछ । देवता भएका कारण रुप फेर्दै बल्छीबाट बचेर इन्द्र स्वर्गलोकतिर भाग्न सफल भए । माझीहरूले विना कसुर आपूmलाई चोट लगाएकोमा क्रुद्ध इन्द्र उनीहरुलाई दण्ड दिनुपर्ने माग सहित कैलाश पर्वत पुगे । सबै कुरा सुनेपछि शिवजीले ईन्द्रलाई सोधेछन्– ‘शिव तिमी त्यो पोखरीमा इन्द्र भएर बसेका थियौ ?’

इन्द्र– ‘अहँ, थिएन प्रभु म माछाको रुपमा थिएँ ।’ शिव भन्छन– ‘तिमी माछाको रुपमा थियौं । माझीले माछाको सिकार गरेका थिए, इन्द्रको होइन । त्यसैले ति माझीले तिमीलाई चोट दिएर कुनै गल्ती गरेका छैनन् ।’

केपी ओलीलाई अहिले आलोचनासंग बेसमारी रिस उठ्न थालेको छ । सामाजिक सञ्जालमा सरकारका गतिविधिमाथि गरिएका टिकाटिप्पणी सहने क्षमता र धैर्य कम हुँदै गएको देखिन्छ । तर उहाँले के बुझ्नुपर्छ भने आएका क्रियाप्रतिक्रिया यो मुलुकको प्रधानमन्त्रीमाथि गरिएको खबरदारी हो । भगवानको राज्य त आलोचनामुक्त थिएन भने गुण र दोषसहित सृष्टि गरिएको मानिसले आपूmलाई आलोचनामाथि ठान्नु नैतिक पतनको शुभारम्भ बाहेक केही होइन । उहाँलाई मानिसले आलोचनाको केन्द्रविन्दु बनाउनुको एकमात्र कारण परिवर्तनको संवाहक हुनुपर्ने इतिहासको यति शक्तिशाली प्रधानमन्त्री कर्मकाण्डी मात्र बन्नु हुने हो कि भन्ने चिन्ता हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भावुकताका कारण मुलुकमा थप अराजकता बढ्ने खतरा बढ्दो छ । पर्यटनमन्त्री रविन्द्र अधिकारीको देहावसानसंगै उहाँले प्रकट गर्ने बाणी र व्यवहार देशका नियम कानुनसंग बाझिने मात्र हैन, संवैधानिक निकायका अधिकार क्षेत्रमा अतिक्रमणको छनक दिने खालका छन् ।
शोक प्र्रस्ताव पारित गर्न बसेको सत्तारुढ दलको बैठकमा प्रधानमन्त्री ओलीले वाइडबडी खरिद प्रकरणमा स्वर्गीय अधिकारीको संलग्नता नरहेको भन्दै आफ्नो तर्पmबाट ‘क्लिन चिट’ दिनुभयो । यस्तो खालको फरमान राणा शासनमा पनि थिएन । उत्तरकोरिया र साउदीमा पनि छैन् । भावुकतावश आएका प्रधानमन्त्रीका यी टिकाटिप्पणी हेर्दा सुन्दा जति सहज लागेपनि राज्यको विधि, विधान उल्टाउने अधिकार संविधानले कार्यकारी सरकार प्रमुखलाई दिएको छैन । अझ अरबौंको घोटाला विषय कसैको सनक र भावनाबाट निर्देशित हुने प्रश्नै उठ्दैन ।

दोषी राजालाई चिहानबाट निकालेर भाला रोपिएको, निर्दोष राजालाई चिहानबाट निकालेर गद्दीमा बसालिएको बेलायती इतिहास त धेरैले पढेकै छन् । देशको जीवनमा ठट्टा गरियो भने त्यसको लाभाले आपैंmलाई सिध्याउँछ भन्ने तथ्य घाँटीघाँटीमा राख्न जरुरी छ । त्यसैले त यस्तै विषयलाई छानविन गर्न संवैधानिक निकाय अख्तियार दुरुपयोग आयोग क्रियाशील रहेको हो । व्यक्ति दोषी भए नभएको पैmसला गर्ने काम स्वतन्त्र न्यायालयको हो । अझ सरकार आपैंm विधिको अर्को नाम हो । मुलुकको कार्यकारी सरकार प्रमुखले देशको कानुन, विधि र प्रक्रियालाई अक्षरशः पालना गर्छु भनेर ईश्वरको नाममा सपथ खाएको हुन्छ । यति संवेदनशील विषयमा भावुकतासंगै देखिएको उदारता वास्तवमा प्रत्युत्पादक हुन्छ । संवैधानिक स्वतन्त्र निकाय अख्तियारले प्रधानमन्त्रीकै शैलीमा बोलिदिएको अवस्था मात्र साँचो शैलीको पैmसला हो ।

लोकतन्त्रको सौन्दर्य भनेको कामको स्वतन्त्रता हो । कसैले चाहेर पनि फोक्सोको काम मुटुले गर्न सक्दैन । किड्नीको काम मस्तिष्कले गर्न सम्भव छैन । न यी अंगले कसैको दबाबमा काम गर्न मिल्छ, न अरुको काम नै ठेक्का लिन । बरु यिनीहरुलाई स्वच्छन्द तरीकाले चल्ने वातावरणको निर्माण चाहिँ साँचो लोकतन्त्रमा अपेक्षा गरिन्छ । सरकारी संयन्त्रमा बसेर गरिएका निर्णय जुगौं जुग जीवित रहन्छन् । थोर धेर जति होस् , सरकारी धन हजुरबाले खाएको छ भने नातिले तिर्नुपर्ने हुन्छ । अझ कलीयुगमा त आफ्नै आँखा अगाडि नांगिएर सत्य नाच्छ । राज्यले निर्देशित गरेको कानुन अनुसार छिमेकी देश पाकिस्तानमा राजदरबारको पात हल्लिँदा थर्कमान हुनुपर्ने ज्ञानेन्द्र राजा कहाँ पुगे ? गणतन्त्रलाई बयलगाढा भन्ने प्रधानमन्त्री त्यहाँ पुग्नुभयो । यसको अर्थ केपी ओलीको डिजाइनले नभई समयले गणतन्त्र ल्याएको हो । नेपालमा कसैले चाहेर ल्याउने र लाने भइदिएको भए देशको अनुहार यस्तो हुने थिएन । सतहमा देखिएका सबै नेता प्रयोगका पात्र हुन । दशाको शनि, कमाईको मनि अन्ततः दुश्मनी नेताको नियति बनेको छ ।

नेपाललाई रत्नपार्कबाट सार्वभौम देश बनाउनु अहिलेको चुनौती हो । सत्ता नपाएसम्म क्रान्तिकारीहरु सत्ता पाउनासाथ आज्ञाकारी हुन्छन् । प्रधानमन्त्री हुँदाताका बाबुराम भट्टराईले भनेका थिए– ‘सत्ताको साँचो त अन्तै पो रहेछ ।’ बीपी– जीपी, केपी–पीके, मनमोहन– माधवदेखि शेरबहादुर हुँदै झलनाथसम्म यस कटु सत्यका पारंगत व्यक्तित्वहरु हुन् । तर यो विषयलाई उनीहरुले फगतः कम्बल ओढेर घिउ खाने माध्यम मात्र बनाए । अरु त अरु कम्युनिष्ट पृष्ठभूमिका नेताहरु कुरामा क्रान्तिकारी, आदेशका चरम आज्ञाकारी निस्कँदा राजनीतिक परिवर्तन एउटा ठट्टामा सीमित बन्दै गयो । सातु खाएर जनयुद्ध लडेको गौरव गरेका तिनै नेता एकाध वर्षमै ब्ल्याक लेबल, ब्लु लेबलदेखि बटरप्mलाई ब्राण्डका पारखी हुन पुगे । तर सिसाको गिलासमा खायो भने हैसियत खुल्ने डरले स्टीलको गिलासमा खाएर जनताको नाममा चिसो पानी खाएको पाखण्ड ओकल्न भने उनीहरु पछि पर्दैनन् । मोबाइल फोनको हरियो थिचे उठ्छ, रातो थिचे काटिन्छ बाहेकको ज्ञान नभएका नेताहरु आईफोनको पारखी भएका छन् । अरु त परै छाडौं एउटा सामान्य म्यासेज पढ्न र पठाउने कला पनि उनीहरुमा देखिदैन । हो देश पनि तिनीहरुका लागि त्यही मोबाइल सेटजस्तै भएको छ । नजान्नेले मोबाइल थिचेर त्यसको प्याड थिलथिलो बनाए भैंm नेताहरुको प्रयोगले देशको आकार अमिबाजस्तै बन्न पुगेको छ । मन पर्दा तिनै नेतालाई चाटेर देवत्वकरण गरियो । मन नपर्ने वित्तिक्कै खुँडा बोकेर काट्न खोजियो ।

नेपालका अधिकांश प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपतिसंग उभिएर फोटो खिचेका छन् । बेडरुमदेखि बैठकसम्म त्यो फोटो सगौरव झुण्ड्याएका छन् । अमेरिकी राष्ट्रपतिसंग फोटो खिच्ने लोभ त सबैमा पलायो तर सिक्नुपर्ने कार्यशैलीप्रति भने उनीहरु बेखबरजस्तै बने । विहान उठेका डोनाल्ड ट्रम्प मर्निङ वाक गर्दा सुरक्षा सल्लाहकार, चिया पिउँदा राजनीतिक सल्लाहकार र टेनिस खेल्दा कुटनीतिक सल्लाहकारसंग बैठक भ्याइसकेका हुन्छन् । विश्व चलाउने ट्रम्प यति सजिलै सवै काम सिध्याउँछन् । विडम्बना आपूmले नेतृत्व गरेका दललाई गुठीमा रुपान्तरण गरेका हाम्रा नेताहरु बैठकलाई घरको माना बचाउने र जीब्रो भिजाउने मौकाका रुपमा हेर्ने गर्छन । सहमतिका नाममा पल्टाइने गरेको गाई र त्रिशुलको अन्तरकथा पनि यही नै हो ।

माओ कि ट्रम्प ? यसो भनेर गाई त्रिशुल खेलाउने हो भने अधिकांश माओवादी कार्यकर्ताहरुको रोजाई ट्रम्प पर्नेमा शंका छैन् । कार्यकर्ताहरुलाई माक्र्स, लेनिन, ख्रुश्चेभदेखि माओ चालिसासम्म कण्ठ गराएका नेताहरुका लागि युरोप अमेरिका बाहेक अरु मुलुक अछुतजस्तै हुने गरेका छन् । नेताहरुले कार्यकर्तालाई जिन्दगीभर उत्तर कोरिया, क्यूवा र चिनियाँ सांस्कृतिक क्रान्तिको पाठ पढाएर जाँचमा भने अमेरिका, स्वीटजरल्याण्ड र दक्षिण कोरियाको प्रश्न सोध्ने गरेका छन् । त्यसैले त इमान्दार कम्युनिष्टहरु यसखाले पाखण्डको जामा लगाउन नसक्दा फेल भएर न हाँस, न बकुल्लाको चालमा बाँचिरहेका छन् । अमेरिकाको विरोध नगरे जात जाने दर्शन बोकेका दर्जनौ माओवादी कार्यकर्ताहरुले अमेरिकी नागरिक हुन आप्mनै पार्टीले दुख दिएर अमेरिका भास्सिनु परेको व्यहोरामा ल्याप्चे लगाएर अमेरिकी अदालतमा कागजात पेश गर्ने गरेका छन् ।

अब नेपालको कम्युनिष्ट नेतृत्वले फेसबुकका मार्क जुकरबर्ग, आइफोनका स्टीभ जब्स, कम्प्युटरका पिता चाल्र्स बाबेजलाई नेता मान्नुपर्छ । यी यस्ता आविष्कारक हुन, जसले अमेरिकी राष्ट्रपति र नेपालको एउटा सामान्य नागरिकलाई समान सुविधा दिएका हुन्छन् । आखिर सवैलाई समान आँखाले हेर्नु कम्युनिष्ट समाजवादी हेराइ होइन र ? यदि यसो नभएको भए सवै जनता रोटीको हकदार नभएसम्म केक काटन नपाइने उर्दी लेनिनले किन लगाउँदा हुन ? सबै मजदुरले चिनी हालेको चिया नपाएसम्म आपूm पनि खल्लो चियामा डल्लिने इच्छाशक्ति कहाँबाट पलाउँथ्यो र ? संसार कुन गतिमा अघि बढिरहेको छ ? अबको विकास मोडल कस्तो हुनुपर्छ ?

नेपालको अर्थतन्त्रलाई छिमेकी, क्षेत्रीय हुँदै विश्व अर्थतन्त्रमा कसरी जोड्न सकिन्छ ? यस्ता खालका चिन्तन राख्ने राजनीतिक प्राणीको संख्या पुरै शून्य छ । देशको कार्यकारी पदमा पुग्नेहरु लंगुरबुर्जा सञ्चालकजस्ता भएका छन् । जसको एउटै ध्याउन्न हुन्छ– दायाँ बायाँ हेर्ने अनि जतिसक्दो सोहोरेर सुईंकुच्चा ठोक्ने । राजनीतिलाई जुवाको खाल ठानेर दाउ लगाउनेहरुको संख्या अहिले विचित्रसंग बढेको छ । समावेशीका नाममा एकाध दर्जन मानिस भएका पार्टीका कमजोर मानिसलाई मन्त्री बनाएर राज्यका निकायलाई होलसेलमै दलालीको अखडा बनाउने सुनियोजित अभ्यास भइरहेको छ । स्वतन्त्र भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरु प्राविधिकहरुको भ्रष्ट शैलीबाट यति आजित भएछन् कि ईन्जिनीयरको सम्मेलनमा थोरै मात्र खाइदिनुस् भने क्वाँ क्वाँ रोएका थिए रे !

राजनीति इमान्दारी र नैतिकतामा फल्छ, फुल्छ । नेता पारदर्शी हुन्छ भने हाकिम अपारदर्शी । नेताले समन्वय गर्छ भने हाकिमले तोकादेश गर्छ । यदि नेता हौसिएर हाकिम हुन खोज्यो भने उ त खरानी हुन्छ नै, देश पनि अवन्नतिको पातालमा भासिन्छ । यदि यो देशमा नैतिकवान राजनीतिज्ञ थिए भने उनीहरुले टाईसुट त के लाज छोप्न बुर्का लगाउनुपर्ने अवस्था छ । तृतीयांश बजेटले मुलुकको अर्थतन्त्र धानिरहेको यो बेला कृषिप्रधान देशका अर्थशास्त्रीहरु २८ अरब बढी रुपैयाँको चामल भारतबाट आयात भएको तथ्यांक पढिरहेका छन् ।

देश मानिसको जस्तो अनिश्चित आयुमा बाँच्दैन । राज्यले जन्मिएका मात्र होइन, दशकौं पछि जन्मिनेहरुको पनि भविष्य सुरक्षित गरिदिनु पर्छ । धुलिमाटीबाट क, ख सिकेका देखि आईफोन संस्कृतिमा हुर्किएका सम्मले स्वतन्त्रतापूर्वक खेल्न, बढ्न पाउनु पर्छ । निष्ठा र इमान्दारीको राजनीति गर्नेहरु देउता समान हुन्छन् भन्ने नेल्शन मण्डेला र महात्मा गान्धीको इतिहास घोकेकाहरुलाई खोई कुन भामरीले छोपेर हो कुन्नि अक्करको बाटो मात्र रुचाउँछन् । कस्ता कस्ता चक्रवर्ती महाराजले त समयलाई आप्mनो कैदमा लिन सकेनन् भने हाम्रा नेताहरुले जे पनि गर्न सक्छु भन्ने सोच राख्नु बचपना सिवाय केही होइन ।

मानिस भनेको प्रकृतिको निरन्तरता मात्र हो । सचेत र विवेकी मानिसले केही राम्रो गर्नुपर्छ तर यदि राम्रो गर्न सकिन्न भने भएको विगार्ने अधिकार पनि उसलाई छैन् । यो सत्यलाई राजनीति गर्नेहरुले किलकिलेमा राख्नुपर्छ । पोखरीमा पानी हुन्जेल माछाले कमिला सिध्याउँछ । जब पोखरीको पानी सुक्छ नि, त्यही नपत्याउने कमिलाले माछा सिध्याउँछ । पर्खन सक्नुपर्छ पालो सवैको आउँछ । सत्तालाई पनि शिकारको बिलो ठानियो भने हविगत उही दोहोरिन्छ । पात खाइयो भने त अर्को वर्ष पिपिरा पिपिरी पलाउला तर जरै ढालियो भने त न रहे बाँस, न बजे बाँसुरी हुन बेर लाग्दैन ।


सम्बन्धित शिषर्कहरु