काठमाडौं । विश्वमा विभिन्न घटनाले समय–समय चर्चा बटुलिरहेका हुन्छन् । हरेक क्षेत्रसँग सम्बन्धित घटना मिडियाका नजिक पुग्छन् र एकै सेकेन्डमा धेरै देशमा यसको प्रवाह भइसकेको हुन्छ । इन्टरनेटको पहुँचका कारण अहिले विश्व सानो भएको छ ।

आज हामीले यहाँ चर्चा गर्न खोजेको बिषय थाइल्याण्डका एक करोडपति बुवाले आफ्नी छोरीसँग बिवाह गर्नेलाई २ करोड रुपैयाँ दिने घोषणा गरेका छन् । यो फैसला छोरीको बिवाह लामो समयसम्म नभएकाले गरिएको त्यहाँका सञ्चारमाध्यमले बताएका छन् । छोरीको समस्याका बिषयमा कुने कुरा उल्लेख गरिएको छैन ।

करोडपति अर्नोन रोडथोंगकी छोरी कार्नसिता २६ वर्षकी भइन् । उनले स्नातक सम्मको पढाइ सकेकी छन् । उनी सबै बिषयमा अब्बल रहेको बताइएको छ । ती किशोरीसँग बिवाह गर्ने केटामा ३ गुण हुनुपर्नेछ । केटा स्मार्ट हुन जरुरी छैन, पढ्न र लेख्न आउनुपर्छ । दोस्रो कडा मेहनती हुनुपर्नेछ र तेस्रो पैसाका निम्ति कन्जुस होस र आफूलाई माया गरोस् । किशोरीका पिताका अनुसार बिवाहपछि कार्नसिताले बुवाको व्यापार सम्हाल्नेछिन् ।

प्रतिक्रिया दिनुहोस !