काठमाडौं,  । नेपाली काँग्रेस सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच राजनीतिक रुपमा केही मतभेद देखिन्छ । जस्ता सुकै विषयमा पनि यी दुई पक्षबीच सजिलै सहमति हुन गाह्रै पर्छ । तर, शनिबार यही नोट अफ डिसेन्ट राजनीतिकोबीच दुबै नेताहरु म्याग्दीको तातोपानीमा सँगै भेटिए । शनिबार विहान दुबैजना तातोपानीको तलाउँमा डुबुल्की मार्दैगर्दा भेटिए । उनीहरु आफ्नो राजनीतिक असमझदारी विर्सिएर सँगै म्याग्दीको तातोपानीमा पुगेको घटनाले काँग्रेस कार्यकर्ताहरुमा भने नयाँ सन्देश गएको छ ।

यी दुई नेताहरु पानीमा डुबिरहेको तस्वीरमध्ये देउवाको शरीरमा जनै नभएको घटनाले भने धेरैको ध्यान केन्द्रीत गरेको छ । उनी जातका हिसावले क्षत्री हुन् । ब्राह्मण, क्षत्री जातिले हिन्दू संस्कार अनुसार विधिपूर्वक ब्रतबन्ध गरेको भएपछि सधैं जनै लगाउँछन् । एक क्षणपनि जनै विना बस्नु हुन्न र जनै शरीरमा नभएसम्म बोल्न समेत नहुने संस्कार हिन्दू धर्ममा छ । पूर्व प्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दलका नेताले आफ्नो संस्कार अनुसारको जनै पनि नलगाएको देखिँदा संस्कार प्रेमि नेपालीहरुमा भने निराशा छाउने देखिन्छ । यद्यपि काँग्रेसका वरिष्ठ नेता पौडेलले भने आफ्नो संस्कार अनुसार जनै लगाउने गरेको तस्वीरमा देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस !