राजेन्द्र आचार्य
चितवन । चितवनको पर्यटकीय क्षेत्र सौराहाका होटल तथा रेष्टुरेन्टहरुलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौँले खाद्य स्वच्छताको आधारमा वर्गीकरण गर्न सुरुवात गरेको छ ।
विभाग अन्र्तगतको क्षेत्रिय कार्यालय हेटौँडा र डिभिजन कार्यालय चितवनले सौराहाकै क्षेत्रिय होटल संघ र क्षेत्रिय रेवान सौराहाको समन्वयमा होटल तथा रेष्टुरेन्टहरूमा वर्गीकरण गरी स्तरीकरण, मूल्यांकन र सूचकांकको कार्यलाई अगाडि बढाएको हो ।
खाद्य स्वच्छताको आधारमा होटल तथा रेस्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका २०७४ मा अति उत्तम, उत्तम, सन्तोषजनक र सामान्य गरी चार भागमा विभाजन गरि वर्गिकरण सुरु गरिएको विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले जानकारी दिए।
विभागका अधिकृत सेवेदीसहित क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरे,रेवान सौराहाका अध्यक्ष गोर्कण गिरी र डिभिजन कार्यालय चितवनका प्रमुख विक्की राउतले एक कार्यक्रमको बीच होटल पार्क साईडबाट होटल स्तरीकरण अभियान सुरु गरेका छन् । जस अनुसार होटल बाटिकाले १०० मा ६८ अंक प्राप्त गरेको छ । उक्त होटलले सन्तोषजनक एक स्टारको हरियो स्टीकर प्राप्त गरेको छ ।
टोलीले सो अवसरमा खाद्य स्वच्छताको आधारमा होटल रेष्टुरेन्ट स्तरीकरण गर्ने सम्बन्धि निर्देशिका २०७४ बारे जानकारी गराउदै १८ वटा होटल तथा रेष्टुरेन्ट निरिक्षण गरिएकोमा ९ वटामा खराबी भेटिएको थियो ।
जसमध्ये ८ वटा रेष्टुरेन्ट र १ होटलले खाद्य सुरक्षामा लापरवाही गरेको भेटिएको थियो।
उनका अनुसार सौराहाको रिभर साईड पव क्षेत्रका अधिकांश रेष्टुरेन्ट र सोही ठाउँको होटल नेचर हेरिटेजले किचन साधुरो, ढोका खोल्दा झिकाँ आएपछि तोकिएको स्वच्छताको ५० वटा सूचकहरूका आधारमा एक सय पूर्णांकमा होटलको मूल्यांकन गरेर होटलको स्तरीकरण गर्दा ५० भन्दा कम अकं अएपछि स्टिकर टाँस्न नसकेको डिभिजन कार्यालय चितवनका प्रमुख विक्की राउतले जानकारी दिए ।
सो अवसरमा होटल नेचर हेरिटेजलाई सुधार गर्न १ हप्ताको समय दिएकोे र केशि समयमा सुधार गर्ने होटलले प्रतिवद्धा समेत जनाएको थियो ।
केसी रेन्टुरेन्ट टु स्टार
यस्तै सौराहाकै केसी रेन्टुरेन्टले तोकिएको मापदण्डमा १०० अकंमा ८० भन्दा बढी अकं पाई टु स्टारको हरियो स्टीकर पाएको थियो । भने १ स्टारमा होटल जंगल सफारी र अल्फ्रेस रेष्टुरेन्ट उत्कृष्ट स्टीकर प्रदान गरेको उनले बताए ।
होटल व्यवसायमा गरिने सेवा प्रभावहमा गुणस्तर अभिबृद्धि गर्ने, खाद्य बस्तुको स्वच्छता कायम गरि सर्वसाधारण उपभोक्ताको स्वास्थ्य र सुविधा कायम गर्ने, होटल तथा रेष्टुरेन्टहरुमा स्वच्छ प्रतिस्पर्धा कायम गराउने, होटलहरुले सेवाको गुणस्तर अभिबृद्धि लैजाउन भन्ने मुल उद्देश्यका साथ होटलहरुको स्तरीकरण गर्न सुरुवात गरिएको डिभिजन कार्यालय चितवनका प्रमुख विक्की राउतले जानकारी गराए ।
होटल तथा रेस्टुरेन्टको बाहिरी तथा भित्री भागको सफाइ, प्रयोग गरिने खाद्य वस्तु, सरसफाइ गर्न प्रयोगमा ल्याइने रसायन तथा विषादी, खानेकुराको व्यवस्थापन, लेबलको अवस्था, खाडल, नाली तथा ढल निकासको व्यवस्थालगायतका ५० वटा मापदण्डमा होटलको मूल्यांकन गरिएको छ ।
सो अवसरमा क्षेत्रिय रेवानका अध्यक्ष गोर्कण गिरीले उपभोक्ताले स्टिकरको आधारमा होटल तथा रेस्टुरेन्टको पहिचान गर्न सक्ने र होटल व्यवसायीले पनि शुद्धतामा ध्यान दिने भएकाले मापदण्डको आधारमा स्टिकर प्रदान गर्नु अत्यन्तै राम्रो काम भएको बताए ।
संविधानले नै उपभोक्ता अधिकारलाई मौलिक हकको रुपमा ब्यवस्था गरेकाले खाद्य स्वच्छता र गुणस्तरियतालाई केन्द्र बिन्दुमा राखेर होटल ब्यवसायीले होटल संचालन गर्नु पर्ने पवधान छ ।
उपभोक्ताको चेतनास्तर दिन प्रतिदिन बढ्दै गएको अवस्थामा होटल तथा रेस्टुरेन्टको स्तर हेरेर उपभोक्ता होटलमा जाने भएकाले आफ्नो व्यवसाय अन्यको भन्दा बढी राम्रो बनाउने बाध्यात्मक परिस्थिति पनि यसले सिर्जना गर्ने विश्वास गरिएको छ । सौराहामा १ सय १० वटा होटल तथा ५२ वटा रेस्टुरेन्ट रहेका छन् ।