काठमाडौं फागुन । सरकारले विप्लव नेत्रत्वको नेकपालाई प्रतिबन्ध लगाएको छ । सरकारले नेकपालाई आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको हो । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूह भनी चिनिने नेकपा नामको समूहलाई प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।
विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर छ । बैठकमा गृहमन्त्री बादलले सांसद सोमप्रसाद पाण्डे नेतृत्वको वार्ता समितिले वार्तामा ल्याउन गरेको प्रयास, विप्लव समूहका पछिल्ला गतिविधि, एनसेल लगायतका स्थानमा भएको बम विस्फोट र चन्द आतंकबारे व्रिफिङ गरेका थिए । राज्यले वार्तामा बोलाउँदा समेत नआएपछि सरकारले प्रतिबन्ध लगाउने परेको प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा जानकारी गराएका छन् ।
विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेकोभन्दै सरकार आक्रामक रुपमा प्रस्तुत भएको बताइएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहलाई अपराधिक संगठन ठहर गर्दै प्रतिबन्ध लगाउने घोषणा गरेको हो । स्रोतका अनुसार उक्त समूहले विकासका पूर्वाधारमाथि बम बिस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामाथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर छ ।