काठमाडौं । ठुल्ठूला व्यापारिक घरानाले नक्कली भ्याट बिल प्रयोग गरेर देशको अर्थतन्त्र तहसनहस पारेका समाचार प्रशस्तै सुन्यौँ । तर, अर्थतन्त्रमाथि विदेशी दातृ निकायको पनि सानो खेलबाड रहेनछ † युएनडिपीलगायत विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले नेपालका स्थानीय एनजिओमार्फत सञ्चालन गर्ने विभिन्न किसिमका कार्यक्रमको रकम भुक्तानी क्रममा अनिवार्य भनिने भ्याट बिलहरु नक्कली फेला परेका छन् ।

हिसाब फस्र्यौट गर्नका लागि पहिला भ्याट बिल अनिवार्य संकलन गरिने र पछि विदेशी दातृ निकायले नेपालको अर्थप्रशासनमा पत्राचार गरी सोबराबरको रकम फिर्ता पाउने सुविधा छ । यसअनुसार स्थानीय संघ–संस्थालाई पनि भ्याट बराबरको रकम पुर्ताल (रिफण्ड) गर्ने गरिएको छ । तर, सामाजिक भावनाले सञ्चालित भनिएका त्यस्ता स्थानीय संघ, संस्थाहरु नै व्यापारीजस्तै छल्ने मनोबृत्तिका हुँदा समस्या आएको हो ।

मानांै, स्थानीय संस्थाले एक लाख रुपैयाँमा कुनै होटलमा कार्यक्रम ग¥यो । तर, बिल तिर्दा भ्याटबापत १३ प्रतिशत अलग्गै रकम पनि तिर्नुपर्ने † त्यसो गर्दा बजेट १३ हजारले बढ्छ । त्यसैले उनीहरुले १३ हजार बचाउनका लागि नक्कली भ्याट बिल पेश गर्ने, त्यही बिल युएनडिपी वा त्यस्तै दातृ निकायले नेपाल सरकारमा पेश गर्ने गर्दछन् । चोरी काम गरेपछि बच्न गाह्रो त हुने नै भयो । त्यस्ता संघ–संस्थाले दिएका भ्याट नम्बरका आधारमा छानवीन गर्दा त्यो नम्बरको बिल प्रयोग गर्ने फर्म नै नहुने वा अरुकै नम्बर प्रयोग गरिएको हुने † यसो भएपछि सरकारले विदेशी दातृ निकायलाई भ्याट रकम फर्काओस् कसरी ? एकातिर खर्च भइसक्यो, अर्कोतिर शोधभर्ना भएन ।

नक्कली त नक्कली नै भए । सक्कलीले पनि नक्कली बिल जारी गरेका छन् । करदाता इमान्दार नहुने, सम्बन्धित निकाय पनि चूप लागेर बस्ने कारण यो बेथिती मौलाएको छ । आन्तरिक राजश्वतर्फ नक्कली भ्याटबिलले बजार छपक्कै छाएको छ । जस्तो कि, पार्टी प्यालेस । च्याउसरी यो व्यवसाय फस्टाएको छ । एकैदिनमा दुई–चारवटा भोज पर्छन् । पर्ने दामको मूल्यांकनका आधारमा हैन, तिर्ने मान्छेको हैसियत हेरेर दरभाउ तोक्दै सतप्रतिशतदेखि डेढ दुई सय प्रतिशतसम्म नाफा खाने ती पार्टी प्यालेस प्रायःजसो भ्याटमा दर्ता छैनन् । एउटा होटलको नाममा प्रिन्टेड प्यान बिल जारी गर्ने र अर्कोको नाममा त्यही नम्बर प्रयोग गर्ने गरिन्छ । वैदेशिक सहायतामा सञ्चालित आयोजनाको पनि भ्याट नतिरिने कारण यही हो । त्यसैले यता पनि कडाइ गरिने भएको छ । यसै कारण देशभरिका मोबाइल पसल, पेट्रोल पम्प र पार्टी प्यालेसहरुमा एकैदिन छापा मारिएको छ ।

प्रतिक्रिया दिनुहोस !