काठमाडौँ : प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता विपरीत समाचार सम्प्रेषित गरेको भन्दै अनलाइन आवास डटनेटलाई स्पष्टीकरण सोधेको छ ।
बिहीबार सम्पे्रषित ‘शृङ्खलाबद्ध बम विष्फोट, २२ को मृत्यु’ शीर्षकमा अनलाइन डटनेटमा लिबियाको बम विष्फोटको घटनाको समाचारलाई अनलाइन आवाज डटकमको फेसबुक पेजमा ‘भर्खरै काठमाडौँमा डरलाग्दो बम विष्फोट, ३३ भन्दा बढीको ज्यान गयो, बाँकी विवरण आउन बाँकी’ शीर्षकको समाचारले आचारसंहिता उल्लङ्घन गरेको भन्दै काउन्सिलले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

काउन्सिलका उप–प्रशासकीय अधिकृत रामशरण बोहराले विज्ञप्ति जारी गरी सो समाचार आचारसंहिता विपरीत के, कति कारणले सम्प्रेषण गर्नुपरेको हो, २४ घण्टाभित्र स्पष्टीकरण दिन सम्पादकको नाममा स्पष्टीकरण माग गर्नुभएको हो । अन्यथा प्रचलित ऐन, कानूनबमोजिम कारवाही हुने काउन्सिलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !