समिक्षा पुरी
चितवन । फोर्डले प्रख्यात फोर्ड फिगो चितवनको बजारमा ल्याएको छ । फोर्ड गाडीको चितवनको आधिकरिक बिक्रेता सेढाई होल्डीङ्गस अन्तर्गतको एस.एच मोटर्सले २०१९ संस्करणको परिमार्जित फोर्ड फिगोको लन्च गरेको हो ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटीले भरतपुरमा आज (आईतबार) एक कार्यक्रमका बीच गाडी बिक्रीको लागि शुभारम्भ गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख डल्लाकोटीले फोर्डको लोकप्रियता तथा विश्वासलाई कम्पनीले अझ परिस्कृत गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सेढाई होल्डीङ्गसका प्रबन्ध निर्देशक निर्देश सेढाँईले स्थापनाको छोटो समयमा पनि फोर्ड कारको सेल्स , सर्भीस् र स्पेर्यस पाट्सै सहज रुपमा उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । उहाँले फोर्ड ग्राहकहरुलाई यसका सेवा सुविधा लगायतका बारेमा सुझाव सल्लाह दिन समेत आग्रह गर्नुभयो ।
फोर्ड फिगो नयाँ भर्सनको बारेमा सिनियर म्यनेजर सरोज मानन्धरले जानकारी दिनुभयो । यसको मूल्य २४ लाख ९९ हजार रुपैयाँबाट प्रारम्भ हुन्छ । फिगो दुई इन्जिन प्रकार र चार मोडल तथा सात रङहरुमा उपलब्ध हुने बताइएको छ । नयाँ फिगोमा धेरै नवीन प्रविधिहरु थपिएका छन् जसले सवारीलाई आरामदायी बनाउनुका साथै बढी सुरक्षित पनि राख्न मद्दत गर्छ । कार्यक्रममा नेपाली युवा उद्यमी मञ्च चितवनका अध्यक्ष निरञ्जन न्यौपाने ,बालबालीकाहरुका लागि प्रहरी नागरिक अभियान नेपाल (P2c2) का अध्यक्ष बेल बहादुर गुरुङ् लगायतको सहभागीता रहेको थियो ।