काठमाडौं । खानेपानी मन्त्री बिना मगरले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल ) हिजोको जस्तो नभई तीब्र गतिले अघि बढ्नुपर्ने बताउनु भएको छ ।
केयूकेएलको सातौ वार्षिक साधारणसभा  समारोहलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले केयूकेएलले अब छलाङ मार्नुपर्ने बताउनु भएको हो । उहाँले केयूकेएल प्रति जनता को धेरै आशा रहेको बताउनुभयो । मन्त्री मगरले भन्नु भयो, ” जनताको स्वच्छ खानेपानीको अधिकारलाई केयूकेएलले पुरा गर्नु पर्छ । हिजोको जस्तो अवस्थाबाट यो चल्नु हुँदैन । पुरै छलाङ मार्नु पर्ने अवस्था आएको छ ।”
केयूकेएलमा स्थानीय नगरपालिका, निजी क्षेत्र र सरकारको लगानी भएकाले खानेपानीमा पनि सुरक्षित लगानी छ भन्ने सन्देश केयूकेएलले दिनु पर्ने मन्त्री मगरको भनाइ छ ।
केयूकेएल स्थापना भएको ११ वर्ष पछि खानेपानी मन्त्री मगरले सबै शेयर धनीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो  । साधारणसभाले केयूकेएलको जारी पूंजी १ अर्ब ५५ करोड  पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस !