हेटौंडा । प्रदेशसभाको मंगलबारको बैठकमा ३ वटा विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ। छलफल सकिएसँगै संशोधन दर्ताको लागि आह्वानसमेत भएको छ।
सोमबारको प्रदेशसभामा पेश भएको प्रदेश बीउ बिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रादेशिक कृषि व्यवसाय प्रवर्द्धन गर्न बनेको विधेयक र प्रादेशिक व्यापार व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि मंगलबारको प्रदेशसभा बैठकमा सदस्यहरूले धारणा राखेका हुन्।
सैद्धान्तिक छलफलमा दर्जनौं सांसदले प्रस्तावित विधेयकमाथि आफ्नो भनाइ राखेका थिए। प्रदेशसभाको मंगलबारको बैठकमा सामाजिक विकासमन्त्री युवराज दुलालले मदनकुमार भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गरेका थिए।