तिलाचन पाण्डे
बैशाख ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा गुल्मीका ७१ वटा उजुरीहरु परेको कार्यालयले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान कार्यलय बुटवलका सुचना अधिकारी शुरेस भुसालका अनुसार फागुन मसान्त सम्ममा शिक्षासंग संबन्धित २१ वटा , संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसंग संबन्धित २२ वटा , भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालयसंग संबन्धित २, भौतिक पुर्वाधार तर्फ १० , वन तथा वाताबरण तर्फ २, स्वास्थ्य तर्फ १ , गृह मन्त्रालय तर्फ १ , उर्जा जलस्रोत सिंचाई तर्फ ७ , संस्कृति तथा पर्यटन तथा नागरिक उड्यान अन्र्तगत १ , खानेपानी तर्फ १ र कृषि तथा पशुपन्छी अन्र्तगत ३ गरि कुल ७१ वटा उजुरी परेको जानकारी दिनुभयो ।

कर्मचारी नियुक्तिमा धेरै उजुरी ः

कुल ७१ वटा उजुरी मध्ये २२ वटा कर्मचारी नियुक्ति, दलीय हस्तक्षेप लगायतका उजुरी परेको कार्यालयले जनाएको छ । यसै गरि शिक्षा क्षेत्रमा कुल २१ मध्ये भबन निर्माणमा अनियमितता, छात्रबृतिको रकममा हिनामिना भएको उजुरी परेको छ । यसैगरि भौतिक पुर्वाधार तर्फ सडक निर्माणमा अनियमितता, आर्थिक चलखेल तगायतमा १० वटा उजुरी परेको भुसालले बताउनुभयो । यसै गरि बिद्युत्त, सिंचाई र कमसल खालका पोलहरु खरिद गरेको भन्दै ७ वटा उजुरी परेको हो । क्ल ७१ व्टा उजुरी मध्ये ३२ वटा उजुरीहरुको फस्र्यौट भईसकेको सुचना अधिकारी शुरेस भुसालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !