काठमाडौं । गोरखा जिल्लाभन्दा बाहिर रहेर पत्रकारिता गरिरहेका पत्रकारहरुलाई संगठित गर्ने उद्देश्यले काठमाडौंमा एक भेला सम्पन्न भएको छ । पुतलीसडकमा भएको भेलाले काठमाडौंमा कार्यरत रही पत्रकारिता गर्ने गोरखाका पत्रकारहरूको पहलमा गोरखा पत्रकार मञ्च गठन भएको छ । शनिबार एक कार्यक्रम आयोजना गरी १३ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । गोरखा शहीद लखनगाउँपालिका निवासी प्रदिपराज वन्तको संयोजकत्वमा समिति गठन गरेको हो । बैठकले खिलबहादुर भण्डारी, रामजी दाहाल, अमृत दाहाल र सुशील अर्याललाई सल्लाहकार तोकेको छ ।

तदर्थ समितिमा सोविता रिसाल, विनोद ढकाल, मञ्जिमा ढकाल, सुवास भट्ट, प्रदिपराज वन्त, टुना भट्ट, जापान गुरुङ, देवराज गुरुङलगायत छन् । रक्षा रेग्मी, अर्जुन पन्त, सुमन पण्डित, विकास भट्टराई र सागर पन्त पनि तदर्थ समितिमा छन् । विभिन्न स्थानमा रहेर पत्रकारिता गर्ने गोरखाका पत्रकारको साझा संस्थाको रुपमा मञ्चलाई विकसित गरिने संयोजक वन्तले बताए । एक महिनाभित्रमा मञ्चको अधिवेशन गर्ने निर्णय पनि भेलाले गरेको छ ।

प्रतिक्रिया दिनुहोस !