काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले सुनसरीको देवानगंज गाँउपालिकामा आफनो ८० औं शाखा विस्तार गरेको छ । देवानगंज गाँउपालिका वडा नं. २ स्थित देवानगंज बजारमा खोलिएको यो शाखाले स्थानीय ५० हजार जनतालाई वित्तीय सुविधा प्रदान गर्नेछ । बैंक परिसरभित्रै केही समयमा नै एटिएम सेवा पनि संचालनमा ल्याउने बैंकले जनाएको छ ।
शाखाको देवानगंज गाँउपालिकाकी उपाध्यक्ष पुनिता देवी यादवले शाखाको उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे लगायत बैंकका कर्मचारी तथा स्थानीय महानुभावहरुको सहभागिता रहेको थियो ।
बैंकले वित्तीय साक्षरता अभिबृद्धिका लागि ग्रामीण क्षेत्रमा शाखा विस्तार अभियानलाई निरन्तरता दिने क्रममा प्रदेश नं. १ मा शाखा थप गरेको हो ।
हाल बैंकले काठमाण्डौं उपत्यका भित्र २४ तथा उपत्यका बाहिर ५६ वटा शाखा संचालनमा ल्याएको छ । सात वटै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखा, एक सय ११२ वटा एटिएम तथा १३ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन केन्द्र, ५१ वटा शाखारहित बैंकिङ सेवामार्फत बैंकले आफ्ना ग्राहक सन्तुष्टीलाई उच्चतम स्थान दिइरहेक .