राष्ट्र बैंकले ६४ औं वार्षिकोत्सव मनाउँदै गर्दा ठूला पदमा रहेका र महत्वपूर्ण विभागमा रहेका भनिएका कर्मचारीले नै अनुशासन र मर्यादाको लत्तो छाडेको देखियो । बैंकले सबै कर्मचारीलाई राष्ट्रिय वा कार्यालय पोशाकमा अनिवार्य उपस्थितिको सूचना जारी गरेको थियो । तर, काठमाडौंको उक्त कार्यक्रममा कतिपयले हाकाहाकी तोकिएको पोशाक लगाएनन् ।

केही कर्मचारी भने अघिल्लो दिन शुक्रबार दिउँसो जै कार्यालय समयपछि पातले वन र सुकुटेतिर आवासीय पिकनिकको लागि हान्निएका थिए । अघिल्लो दिन बैंकले वार्षिकोत्सवको उपलक्ष्यमा मोटो रकम खातामा हालिदिएपछि धेरैजसो नयाँ पुस्ताका कर्मचारी शनिबारको विशेष कार्यक्रमलाई ‘गोलीमार’ भन्दै मस्त पिकनिकको लागि लाखापाखा लागेको स्रोतको दाबी छ ।

उता, केन्द्रीय कार्यालयलगायत विभिन्न कार्यालयमा आयोजित कार्यक्रममा टाँगिएको ब्यानर र प्रमाणपत्रमा पनि तोकिएका रंग, आकार र अक्षरको प्रयोग नगरिएको पाइएको छ । ७ वटा प्रदेशमा सातै किसिमका ब्यानर र प्रमाणपत्रको प्रयोगले पञ्चायतकालीन ‘चार जात ३६ वर्ण’ को झझल्को दिएको एकजना कार्यकारी निर्देशकले बताए । स्मरण रहोस्, बैंकले झण्डै ७ वर्ष अघि संस्थागत रंग, फण्ट (अक्षर) र साइज निर्धारण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !