सिमीकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका ५ कैलेबालुस्थित सडकबाट जीप कर्णाली नदीमा खस्दा दशजना बेपत्ता भएका छन् । खार्पुबाट पालिका केन्द्रमा जाँदै गर्दा डेडुबिसौनामा दिउँसो करिब १२ः३० बजे सो दुर्घटना भएको थियो ।
जीपमा सवार यात्रीहरुलाई खार्पुनाथ गाउँकार्यपालिकाको बैठकमा सहभागी हुन जाँदै गर्दा जीप सडकबाट अन्दाजी २५ मिटर तल कर्णाली नदीमा खसेको थियो । हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालले नजोडिए पनि जिल्ला सदरमुकाम सिमिकोटबाट कच्चीसडकबाट सवारी साधनहरु सञ्चालन भइरहेका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको प्रयासमा अहिले जीप र यात्रुको खोजी भइरहेको जनाइएको छ।