जाकार्ता । इन्डोनेसियाको पूर्वी प्रान्त जाभामा सोमबार एक डुङ्गा दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १७ पुगेको छ । वरिष्ठ उद्धारकर्ताले मङ्गलबार उक्त जानकारी दिनु भएको छ । यस दुर्घटनाबाट ३९ जनालाई भने जीवितै उद्धार गरिएको उद्धारकर्ताहरुले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।
हराइरहेका एक व्यक्तिको खोजी कार्यमा पनि दर्जनौको सङ्ख्यामा उद्धारकर्ताको सहभागीता रहेका बताइएको छ । इन्डोनेसियामा डुङ्गा प्रभावकारी र प्रख्यात सवारी साधनको रुपमा रहेको छ । तर अपनाउन पर्ने सुरक्षामा कमि र कमजोरीको कारण यहाँ बारम्बार डुङ्गा दुर्घटना हुने गरेको पाइन्छ । रासस

प्रतिक्रिया दिनुहोस !