काठमाडौं : नेपाली महिलाहरुको महान चार्ड तीज । तीजमा तीज सम्बन्धि गीतहरु हरेक वर्ष सार्वजनिकक हुने गर्दछन् । तीज आउन अझै डेढ महिना बाँकी छ तर तीज सम्बन्धि गीतहरु भने सार्वजनिक भइरहेका छन् । यसै मेसोमा सङ्गीतकार तथा गायिका रेखा पौडेलको तीज कोशेली ‘बरिलै तीजमा…’ सार्वजनिक भएको छ ।

मंगलबार सार्वजनिक गरिएको रेखाको ‘बरिलै तीजमा…’ मा नायिका सारिका घिमिरेले कम्मर मर्काएकी छन् । सारिकासँगै रेखा र अन्य कलारको पनि आकर्षक नृत्य रहेको छ भिडियोमा । गोविन्दप्रसाद उपाध्यायको शब्द रहेको यो तीजगीतमा कृष्ण बि.क.को एरेञ्ज र श्याम श्वेत रसाईलीको मिक्सिङ रहेको छ ।

विदुर सिवाकोटी नृत्य निर्देशन, भिजन सिवाकोटीको सहायक निर्देशन रहेको गीतको भिडियोलाई शिव पंगेनी र समूहले छायाँकन गरेको हो । मनोरञ्जन श्रेष्ठको रंग संयोजन रहेको भिडियोलाई भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन् ।

‘तीजमा मौलिक तीज गीत स्रोता/दर्शकमाझ हामीले पस्किएका छौ सबैले मन पराइदिनेमा आशावादी छौ’, गायिका तथा सङ्गीतकार रेखाले भनिन् ।

प्रतिक्रिया दिनुहोस !