तिलाचन पाण्डे
गुल्मी ः नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र गुल्मीले जिल्लाका बिपन्न परिवारका लागि निशुल्क रुपमा बिद्युत मिटर बितरण गरेको छ ।
जिल्लाका १२ स्थानीय तहका बिपन्न परिवारहरु बिद्युत मिटर लिन नसकेर बत्तीमुनीको अध्यारोमा बस्न नपरोस भनेर निशुल्क रुपमा मिटर उपलब्ध गराएको नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्रका प्रमुख नारायण अर्यालले जानकारी दिए । अर्यालका अनुसार जिल्लामा करिब एक हजार चार सय मिटर बितरण गरेको र एक हजार चार सय घर धुरीहरुको घरमा उज्यालो भएको दाबी गरे ।

घर नजिकबाटै बिद्युतको पोल तार गएपनि बिपन्न भएकै कारण घरवरपर बिद्युत बल्दा पनि उनीहरुको घर अध्यारै थियो उनीहरुलाई पनि घरमा उज्यालो बनाउने रहर रहँदा रहदै पनि बिपन्नका कारण घर उज्यालो बन्न नसकेको समयमा उनीहरुको घरमा उज्यालो भएको र मुहारमा खुसीयाली छाएको केन्द्र प्रमुख अर्यालको दाबी छ । जिल्लाको सदरमुकाम तम्घासमै एउटा मिटर लिन आउनका लागि उनीहरुलाई समस्या हुन्छ र आर्थिक भार पनि धेरै हुने भन्दै जिल्ला प्रशासन कार्यलय गुल्मीले राखेको घुम्ती सेवाको अबसरमा जिल्लाका अति बिकट र दुर्गम मालिका र मदानेमा गई घुम्ती सेवा मार्फत मिटर बितरण गरेको अर्यालले जानकारी दिए ।

एउटा मिटर लिँदा नेपाल बिद्युुत प्राधिकरण बितरण केन्द्रबाट करिव दूई हजार तीन सय सम्म लाग्ने भन्दै यसरी नेपाल सरकारको बिपन्नलाई निशुल्क रुपमा बितरण गर्ने मिटरबाट बिपन्न परिवारमा राहतको महशुस भएको केन्द्रका सुचना अधिकारी मेखराज जोशीले जानकारी दिए । यसरी मिटर प्राप्त गनृका लागि स्थानीय तह वा सम्बन्धित वडाको सिफारिसलाई आधार मानेर मिटर बितरण गरिएको जोशीको दाबी छ ।

यता मदाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुरेस भण्डारीले यसरी गाउँघरमै आएर बिपन्नहरुलाई मिटर उपलब्ध गराएकोमा धन्यबाद दिदै गाउँबाट सदरमुकाम तम्घास मिटर लिन जाँदा सबै खर्च गर्दा करिब १० हजार रुपैयाँ लाग्ने गरेकामा आर्थिक हिसाबले पनि जनतामा राहत मिलेको दाबी गर्नुभयो । भण्डारीका अनुसार एउटा मिटर लिन जानका लागि गाउँबाट करिब दूई दिनको समय लगाउनु पर्दथ्यो त्यो समय, होटलमा बस्नुपर्ने खर्च र आर्थिक बचत भएको र बिपन्नको घरमा उज्यालो भएकोमा गाउँपालिका खुसी भएको बताए ।

यता मदाने गाउँपालिका भनभनेका ४३ बर्षिय फर्स बहादुर घर्तीले गाउँमै आएर निशुल्क रुपमा मिटर लिन पाउँदा खुसीको सीमा नै नरहको भन्दै बल्ल गरिब र बिपन्नका लागि पनि सिंह दरबारको अधिकार गाउँमा आएको महशुस भएको बताए । उनले एउटा मिटर लिन सदरमुकाम तम्घास धाउनु पर्दा समय र आर्थिक हिसाबले पनि खर्चिलो हुने हुदाँ हामी जस्ता ब्याक्तिलाई यसरी घरमै आएर मिटर दिएकोमा प्राधिकरण प्रति धन्यबाद दिदै स्थानीय तहलाई समन्वय गरिदिएको धन्यबाद भन्दै आगामी दिनमा पनि गरिब र बिपन्नको स्थानीय सरकार बन्न सुझाब दिए ।

प्रतिक्रिया दिनुहोस !