काठमाडौं । विप्लब समूहका काठमाडौं उपत्यका इन्चार्ज तथा केन्द्रीय सदस्य माइला लामा सहित तीन जना पक्राउ परेका छन् । नेपाल प्रहरीले उनलाई शनिवार राती १.०० बजे काठमाडौंको काँडाघारीबाट पक्राउ गरेको महनगरीय प्रहरी अपराध महाशाखाका टेकुका एक अधिकारी बताए ।
उनीसँगै पक्राउ परेकामा काभ्रे जिल्ला घर भइ हाल लाजिम्पाट बस्ने वर्ष ३०का रेशम भनिने कान्छा तामाड , कागेश्वर मनहरा घर भई काँडाघारी बस्ने डोलेन्द्र भट्टराइलाई समेत रहेका छन् ।
नागाजुर्न नगरपालिका घर भई हाल काँडाघारी बस्ने माइला लामा यस अघि नख्खु, अनामनगर, सुकेधारमा भएका विष्फोटका घटनामा संलग्न रहेको प्रहरीको दावी छ । लामा तत्कालीन माओवादीको जनसांस्कृतिक महासंघका अध्यक्ष हुन् । २०६४ मा उनी काठमाडौंबाट निर्वाचनमा समेत उम्मेदवार भएका थिए । लामाले तत्कालिन माओवादीका लागि कयन गीतहरू लेखेका छन् भने सांस्कृतिक कार्यक्रमको नेतृत्व पनि गरेका थिए ।