पोखरा । पोखराको न्युरोडस्थित एस मिनी मार्केटमा मंगलबार दिउँसो ४ बजे लागेको आगलागी नियन्त्रणमा आएको छ । आगलागीमा परेर उक्त मार्केटका २३ वटा सटर पूर्णरुपमा जलेर करौडांैको क्षति भएको छ ।

आगलागीबाट मिनी मार्केटका नौवटा शटरमा एक्लैको लगानी रहेको कार्पेट, फोम हाउस रहेको र चस्मा पसल, जुस पसल, इलेक्टिकल पसल, कपडा पसल, कस्मेटिक पसलहरुमा गरी सातजना ब्यवसायीका २३ वटा शटरमा क्षति भएको कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँले पसलमा मूल्यवान सामग्रीहरु क्षति भएको हुन सक्ने आशंका ब्यक्त गर्नुभयो । क्षतिको विवरण संकलन भइरहेको छ । पोखरा महानगरपालिकाका तीनवटा दमकल र खानेपानी ट्याङ्करको सहायतामा नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका हुन् ।

सटरका अधिकांश सामग्री जलेर नष्ट भएका छन् भने आसपासका सटरबाट स्थानीय र प्रहरीको सहयोगबाट सामानहरु निकालेर सडकमा राखिएका छन्
दिउँसो ४ बजेदेखि शुरु भएको आगलागी ६ बजे मात्रै नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस !