काठमाडौं– न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई प्रहरीले पक्राउ गरेको छ । लामिछाने र कँडेललाई आज न्युज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसर र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले टेलिभिजनको कार्यालयबाटै पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई चितवन ल्याउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।

पत्रकार लामिछाने र कँडेललाई केही दिनअघि आत्महत्या गरेका नुवाकोटका पत्रकार शालिकराम पुडासैनी र सो घटनाका बारेमा बुझ्न नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । पहिले न्युज २४ टेलिभिजनमा नै काम गरेका पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि लामिछानेकै कारण जीवन त्याग गर्नुपरेको भिडियो रेकर्ड सार्वजनिक गरेका थिए ।

साथै अर्की आरोपी महिला अस्मिता काकीलाई पनि प्रहरीले दिउसो नै पक्राउ गरेको महानगरी प्रहरी परीसर टेकुले जनाएको छ । केही दिन अघि चितवनको एक होटलमा छुण्डिएर आत्महत्या गरेका पुडासैनीले आफ्नो भिडियो सन्देशमा न्युज २४ टेलिभिजनका पत्रकार लामिछनेर र कँडेलले आफूहरूलाई यातना दिई आत्महत्या गर्न वाध्य पारेको भिडियो सार्वजनिक भए पछि सो बारेमा चितवन प्रहरीले अनुसन्धान गरी रहेको छ ।
यही क्रममा चितवन प्रहरीको एउटा टोली काठमाडौ आएको थियो । अहिले रवि उनीहरूको बीर अस्पतालमा स्वास्थ्य परीक्षण गरी आजै चितवन लग्ने तयारी भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !