काठमाडौँं– नुवाकोटका पत्रकार शालिकराम पुडासैनीकी श्रीमतीले सम्झनाले कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरूद्ध जाहेरी दिएकी छिन् । सम्झनाले महानगरीय प्रहरी परिसर काठमाडौंमा आत्महत्या दुरुत्साहनमा लामिछाने, कँडेल र कार्की तीनै जनाविरूद्ध हदैसम्मको कारवाही माग्दै जाहेरी दिएकी हुन् ।

जाहेरी रुजुपछि जिल्ला प्रहरी कार्यालय चितवन पठाउने तयारी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । लामिछानेसहित तीनै जनाविरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा आत्महत्या दुरुत्साहनमा अनुसन्धान चलिरहेको छ ।

आइतबार काठमाडौ प्रहरी परिसर टेकु मार्फत पुडासैनिका परिवारले भिडियोमा उल्लेख भएका न्यूज २४ का कार्यक्रम प्रस्तोता रबि लामिछाने तथा युवराज कँडेल तथा नर्स अस्मिता कार्की विरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा सो जाहेरी दिएका हुनु । भिडियोमा पुडासैनीले अरोपित तीन जनाले आफूलाई
आत्महत्या गर्न वाध्य पारेको रेकर्ड गराएका थिए । सो भिडियो रेर्कडको आधिकारिकता बारे प्रहरीले प्राविधिक जाँच गराएको थियो ।

पुडासैनीको परिवारबाट किटानी जाहेर प्राप्त भएको परिसरका प्रहरी नयाव उपरीक्षक भोगेन्द्र बोगटीले बताउनुभयो । उहाँले मानव बेचविखन लगायतका जघन्य अपराधमा उजुरी दिन क्षेत्राधिकार नलाग्ने हुँदा परिसरले सो उजुरी बुझेर जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !