काठमाडौँ– यसवर्षको मदन पुरस्कार ‘रणहार’ पुस्तकका लेखक योगेश राज र जगदम्बाश्री पुरस्कार बैरागी काइँलालाई प्रदान गरिने भएको छ । आइतबार बसेको मदन पुरस्कार गुठीको साधारण सभाले यस वर्षको जगदम्बा(श्री बैरागी काइँलालाई तथा मदन पुरस्कार ’रणहार’ पुस्तकका लागि योगेश राजलाई दिने निर्णय गरेको हो ।‘मदन पुरस्कार २०७५’ का लागि ७ कृति सिफारिस गरिएको थियो । गुठीले २५७ कृति मध्येबाट सात कृति छनोट गरेको हो ।

तेस्रो आयामेली साहित्यिक आन्दोलनका प्रारम्भकर्तामध्येका एक बैरागी काँइलाले लिम्बू भाषा तथा मुन्धुम संस्कार र संस्कृतिको अध्ययन–अनुसन्धान तथा अभिलेखीकरण गरी नेपाली वाङ्मयको समृद्धिमा उल्लेखनीय योगदान गर्नुभएवापत सो पुरस्कार प्रदान गरिएको जनाइएको छ ।

गुठीका अनुसार, २०७५ सालमा प्रकाशित गुठीमा प्राप्त भएका २५७ पुस्तकमध्येबाट सात पुस्तक मदन पुरस्कारका लागि छनोट भएका थिए । यसवर्ष एकादेशमा, ओक्कल दोक्कल पिपल पात, ज्ञ फातसुङ, मरीचिका, रणहार र विचारको लाश छनोटमा परेका थिए ।
मदन पुरस्कार २०१२ साल र जगदम्बा–श्री २०४५ सालमा स्थापत गरिएको हो

प्रतिक्रिया दिनुहोस !