काठमाडौँ : रिलायन्स इन्टरनेसनल एकेडेमीले राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस – २०७६ का अवसरमा देशैभरिका संस्थागत विद्यालयतर्फ राष्ट्रकै उत्कृष्ट विद्यालयका रुपमा पुरस्कृत एवम् सम्मानित भएको छ । नेपाल संघीय सरकार – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका साथै प्रदेश नं. ३ सरकार–सामाजिक विकास मन्त्रालय र स्थानीय सरकार बुढानिलकण्ठ नगरपालिकाबाट दिवसको अवसरमा पुरस्कृत एवम् सम्मानित गरेको हो ।
उप्रधानमन्त्री ईश्वर पाख्रेरलले एक समोहका विच एकेडेमीका व्यवस्थापन समितिका अध्यक्ष रविन्द्रजंग थापा र प्राचार्य खेमलाल भुषाललाई संयुक्त रुपमा ३ लाख रुपैयाँ पुरस्कार तथा सम्मानपत्रसगैँ ढोसल्ला ओढाएर सम्मानति गरिएको थियो । यस्तै प्रदेश सरकारको तर्फबाट सामाजिक विकास मन्त्री युवराज दुलालले पनि ६५ हजार रुपैयाँ नगदसहि सम्मान गरेका थिए ।

काठमाडौँ उत्तरपूर्वी क्षेत्र बुढानीलकण्ठ नगरपालिका वडा नं. १० कपन, मिलनचोकमा वि.सं. २०५० मा स्थापित भई छोटो समयमै राष्ट्रको अब्बल शैक्षिक संस्थाका रुपमा विशिष्ट पहिचान बनाउन सफल छ ।

रिलायन्स इन्टरनेसनल एकेडेमीले २०७० सालको एस.एल.सी. परीक्षामा सर्वोत्कृष्ट नतिजा हासिल गरी स्थापित गरेको राष्ट्रिय गरिमालाई कायम राख्दै पुन ः २०७५ सालको २०७५ सालको एस.इ.इ. को उत्कृष्ट नतिजाका आधारमा देशैभरिका संस्थागत विद्यालयतर्फ राष्ट्रकै उत्कृष्ट विद्यालय भएको मन्त्रालयले जनाएको छ ।
पुरस्कृत एवम् सम्मानित भएसगैँ विद्यालयका अध्यक्ष थापाले राष्ट्रव्यापी ऐतिहासिक उपलब्धिलाई निरन्तर कायम राख्न रिलायन्स इन्टरनेसनल एकेडेमी सफल भएकोमा विद्यालय परिवार, विद्यार्थी तथा अभिभावकहरुमा हार्दिक बधाइ ज्ञापन एक विज्ञप्ती मार्फत गरेका छन् । साथै भविष्यमा समेत राष्ट्रको उत्कृष्ट शैक्षिक संस्थाका रुपमा आफ्नो पहिचान कायम राख्न सफल हुनेछ भन्ने विश्वास लिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस !