काठमाडौं । प्रधानमन्त्रीले ‘यसो म पनि बीच्चबीच्चमा आउँथें नि…’ भन्नुभयो, तर सबैजना ट्वाल्ल परेपछि कुरा अन्तै मोडियो ।
गत बुधबार बिहान नयाँ मन्त्रीहरुको नामउपर छलफल गर्ने भनिएको नेकपा सचिवालय बैठकले त्यो विषयमा त केही चर्चा गरेन नै । बरु, केपी ओली पाँचै वर्षका लागि प्रधानमन्त्री र पार्टीको कार्यकारी अध्यक्षमा प्रचण्ड रहने निर्णय ग¥यो ।

त्यहीँ हो, प्रधानमन्त्रीले ‘बीच्चबीच्चमा..’ भन्दै हँसाउनुभएको †
प्रचण्डले कार्यकारी अधिकार पाएपछि ‘अबका बैठक पार्टी अफिसमै गर्ने, उतै बसेर ड्याङका ड्याङ निर्णय गर्दै जाने’ भन्दाभन्दै केपीले थप्नुभयो, ‘यतै (बालुवाटारमा) गरौँ न । त्यसो गरेदेखि म पनि यसो बीच्चबीच्चमा आउँथें नि †’ तर, प्रधानमन्त्रीको यो प्रस्तावमा छलफल नै भएन, बरु सबै गलल हाँसेपछि कुरै सकियो । बरु वामदेवले भन्नुभयो, ‘उहाँलाई पनि बस्न मन लागेको बेला बरु यतै गरौंला ।’

नेकपाका दुई केन्द्रीय कार्यालयमध्ये पेरिसडाँडामा युवा र विद्यार्थीको गतिविधिका कारण चहलपहल त देखिन्छ । तर, धुम्बाराही सुनसान छ । जनसंगठनहरुका लागि पेरिसडाँडा र पार्टीका अन्य राजनीतिक तथा प्रशासनिक काम धुम्बाराहीबाट चलाउने गरी सहमति भएकोमा धुम्बाराही खालीखाली छ । कतिसम्म भने त्यहाँ काम गर्ने कर्मचारीहरु पनि हाजिर गरेर बिहानै अरु–अरु काममा हिँड्ने भइसके । त्यही कारण अब पार्टीका सबै बैठक त्यहाँ बस्ने प्रचण्डको प्रस्ताव थियो ।

प्रतिक्रिया दिनुहोस !