काठमाडौं । रोल्पाको थवाङ्ग वडा नम्बर १ मा भएको उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको छ छ । नेकपाका उमेदवार जनकबहादुर बुढाले १७४ मत ल्याएर बिजयी भएका छन । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका कलम रोकाले २६ मत ल्याएका छन् ।

२०८ मत खसेकोमा ९ मत बदर भएको थियो । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालेले चुनावबहिस्कार गरेपछि कुल १२ सय ८८ मत मभ्ये जम्मा २०८ मत खसेको थियो । औपचारिक घोषण हुन भने बाँकी छ ।

प्रतिक्रिया दिनुहोस !