काठमाडौं । बङ्गलादेश क्रिकेट बोर्डले दक्षिण एसियाली खेलकुद(साग)मा पुरुष टी ट्वान्टीको लागि १५ सदस्यीय खेलाडीको घोषणा गरेको छ । नज्मुल होस्सैन सान्टोको कप्तानीमा घोषित टोलीका अधिकांश खेलाडी अनुभवी छन् ।
बङ्गलादेश क्रिकेट बोर्डले शुक्रबार अबेर घोषणा गरेको टोलीमा अधिकांश एसीसी एसिया इमर्जिङ्ग कप २०१९ मा सहभागी भएका खेलाडी हुने । कात्तिक अन्तिम साता सम्पन्न उक्त प्रतियोगितामा बङ्गलादेश उपाधिको होडमा पाकिस्तानसँग पराजित हुँदै उपविजेता बनेको थियो ।
घोषित सदस्यहरुमा मोहम्मद सैफ हसन, नईम शेष, अफिफ होस्सैन ध्रुबो, जाकिर हसन, यासीर अलि चौधरी, सैयद मिनहजुल अबेदिन अफ्रिदी, सुमोन खान रहेका छन् । त्यसैगरी, टोलीका अन्य सदस्यहरुमा महिदुल इस्लाम भूयाँ अन्कोन, तन्वीर इस्लाम, मानिक खान, मेहदी हसन राना, सौम्य सरकार, मेहेदी हसन र हसन महमुद छन् । साग पुरुष टी ट्वान्टी प्रतियोगिता मङ्गलबारबाट सुरु हुनेछ । पहिलो खेलमा नेपालले श्रीलङ्कासँग स्पर्धा गर्नेछ । दोस्रो खेलमा बुधबार बङ्गलादेशले माल्दिभ्ससँग स्पर्धा गर्नेछ ।