काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबारदेखि प्रदेश नम्बर ५ को भ्रमणमा निस्कने भएका छन् । पूर्वराजा शाहका संवाद सचिव फणि पाठकका अनुसार उनी आइतबार निजी भ्रमणको सिलसिलामा भैरहवा जान लागेका हुन् ।

शाहले भैरहवालाई मुकाम बनाएर त्यसआसपासको जिल्लाको भ्रमण गर्ने बताइएको छ । सो भ्रमणका क्रममा उनले विभिन्न मठ मन्दिरको भ्रमण गर्नुका साथै राजवादीहरुसँग पनि भेटवार्ता गर्ने बताइएको छ । उनी करिब २ साता त्यहाँ रहने बताइएको छ ।

बेलाबेलामा जिल्ला भ्रमणमा निस्किएर आफ्नो सक्रियता बढाउँदै आएका पूर्वराजाले विगतकै जस्तो प्रचलनलाई यसपटक पनि निरन्तरता दिएका हुन् । दुई साता अघिमात्रै राजधानीको एक क्लबमा राजपरिवारका अन्य सदस्यसहित पूूर्वराजा देखिएका थिए । क्लबमा पुगेको विषयले निकै चर्चा पनि पाएको थियो ।

प्रतिक्रिया दिनुहोस !