काठमाडौँ । शुक्रबार काठमाडौं लगायत देशका विभिन्न स्थानमा हल्का बर्षा भइरहेको छ । पानी परेसँगै काठमाडौं उपत्यकामा चिसो बढेको छ । पश्चिमी निम्न चापिय प्रणाली सक्रिय बनेसँगै त्यसको असर हिमाल,पहाड र तराइ क्षेत्रमा देखिएको छ ।

हिमाली क्षेत्रमा बाक्लो हिमपात, पहाडी क्षेत्रमा हल्का हिमपातसँगैको बर्षा हुने र तराइ क्षेत्रमा शितलहर हुने संम्भावना जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस !