बझाङ । बझाङका उच्च लेकाली भेगमा हिमपात भएको छ । आज विहान देखि बर्षा भएपछि उच्च लेकाली भेगमा हिमपात भएको हो । हिमपात हुँदा अध्यधिक चिसोले उच्च लेकाली भेगमा बसोबास गर्ने बासिन्दाहरुको जनजीवन प्रभावित बनेको छ । जिल्लाको साइपाल, सुर्मा, तल्कोट, छविसपाथिभेरा, थलारा, मष्टा गाउँपालिकाका र बुंङगल नगरपालिकाका विभिन्न वडाहरुमा हिमपात भएको जनाएको छ ।

जिल्लाका उच्च भागमा हिमपात भएपछि मानिसहरु आगो बालेर बसेका र बस्तुभाउ पनि गोठ भित्र नै थुनिएका मष्टा गाउँपालिकाका कमल सिंहले बताए । उनका अनुसार अहिले पनि हिमपात जारी नै रहेको छ .गत बर्षको भन्दा हप्तापिच्छे नै हिमपात हुन थालेपछि चिसो बढेर जनजीवन निकै कष्टकर बनेको छ । हिमपात सँगै आज जिल्लाको विद्युत सेवा पनि अवरुद्घ भएको छ ।

प्रतिक्रिया दिनुहोस !